बारामा भारतिय कारको ठक्करबाट बाट ६ बर्षिय बालिकाको मृत्यु

पछिल्लाे समाचार

 २५ बैशाख ,बारा ; बारामा कारको ठक्करबाट एक जना ६ बर्षिय बालिकाको मृत्यु भएको छ ।गन्डक बाट बिरगंज तर्फ जाँदै गरेको DL1 CH २३६० नम्बरको कारको ठक्करबाट परवानिपुर गाउँपालिका-५ का ऋषि मुनि साहको ६ बर्षको छोरी प्रीति कुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पैदल हिडिरहेको बेला कारले ठक्कर दिदा प्रीती कुमारी साहको मुख र शरिरको विभिन्न भागमा चोत लागेको थियो भने उनलाई उपचारको लागि परवानिपुर स्थित एलएस न्युरोमा हस्पिटलमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले तराई संदेश अनलाईनलाई बताए ।यता कारमा सवार रहेका २ जना घाईते भएको छ भने कारलाई बारा प्रहरीले नियन्त्रणमा लिएर ठप्प अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय