जीतपुरसिमरा उपमहानगरले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार वितरण गर्दै

पछिल्लाे समाचार

२५ बैशाख, बारा : बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ५ हजार मासिक रुपमा सहयोग गर्दै आईरहेको छ ।नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउँने गर्दछ र त्यहि अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचार वापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले माघ देखि चैत सम्म १२१ जना बिरामीलाई तीन महिनाको एकमुष्ठ १५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिदिएको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो स्वीकृत कार्यबिधि अनुसार मुटुरोग ,अल्जाईमर ,हेड ईन्जुरी ,सिकलसेल लगायतका बिरामीहरुलाई पनि उपचारकोलागि एक पटककोलागि १० हजार रुपैयाँ सम्मको सहयोग गर्ने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय