स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन

पछिल्लाे समाचार

२७ बैशाख, रौतहट : स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा भोजन खुआएर जन्मदिन मनाएको छ ।

जीवित रहेको बेलानै आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पुरा गर्नको लागि ३३ औं जन्मजयन्तीको अवसरमा अनाथ बालकहरुलाई भोजन खुआएर जन्मदिन मनाएको श्रीमान् जयप्रकाश यादवले बताए । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयुमै सञ्चार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको २०७८ बैशाख २८ गते गौर अस्पतालमा मृत्यु भएको थियो ।

को थिइन् स्वर्गीय श्रीमती रामा यादव

स्वर्गीय श्रीमती रामा यादवको जन्म बि .स २०४८ बैशाख महिनाको २७ गते माधव नारायण नगरपालिकाको खेसरहिया भन्ने गाउँमा भएको थियो ।उनि २९ बर्षकै उमेरमा यो संसार छोडेर गईन ।रामा यादव रौतहट जिल्लाको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका थिइन् ।सानै देखि संचार क्षेत्रमा रुचि राखेकी रामा यादव ठूलो अठोट गरेर जिल्लामै पहिलो टेलिभिजन स्थापना गर्न सफल भएकी थिइन् ।रामा यादर प्रेस युनियन रौतहटको कोषाध्यक्ष समेत थिइन् ।

स्वर्गीय रामा यादवको श्रीमान् जयप्रकाश यादव समेत संचार क्षेत्रमा जोडिएको हुनाले उनले श्रीमतीले चाहेको सबै थोक पुरा गर्न कुनै कसर बाँकी राखेनन तर कोरोनाको बेला रामा यादवको मृत्यु भयो ।श्रीमतीको मृत्यु भए लगतै श्रीमान् जयप्रकाश यादवले स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार समेत घोषणा गरेको थियो । स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना महिला पत्रकारलाई पुरस्कार वितरण गरिदै आएको छ । स्वर्गीय रामा यादवकी चार छोरी र श्रीमान् एवम सासु ससुरा रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय