प्रथम लोहसण्डा गोल्डकप :चन्द्रपुरलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश

पछिल्लाे समाचार

२०, जेठ ,बारा :जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि रहेको प्रथम लोहसण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ ।आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर् एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।

आयोजक सनराइज युथ क्लबले गोलको लागि थुप्रै मौका बनाए पनि चन्द्रपुरका गोल रक्षकले गोल बचाउ गरे पछि आयोजक निराश बनेको थियो ।खेलको अन्तिममा सनराईज युथ क्लबका लागि जर्सी नम्बर ३ का खेलाडी समिन क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरे पछि खेलको अन्तिम नतिजाको लागि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।पेनाल्टीमा सनराइज युथ क्लबले ४ गोल गरेको थियो भने चन्द्रपुर् एफसीले ३ गोल गर्न मात्र सफल भए पछि आयोजकले आफ्नो पहिलो खेलमै बिजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक सनराइज युथ क्लबका समिन क्षेत्री म्यान अफ द मेच घोषित भए भने उनलाई स्याण्ड वाशका संचालक कुमार लामाले नगद १५ सय सहित मेडल र शिल्ड प्रदान गरेको थियो । जेठ १९ गते देखि सुरु भएको प्रथम लोहसण्डा गोल्डकप जेठ २६ गते सम्म संचालन हुने छ ।बिजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने सनराइज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए । सोमबार वन शक्ती युवा क्लब सिद्दपुर् र पर्सागढी युवा क्लब बढ्निहार एक आपसमा भिड्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय