यातायात ब्यवस्था कार्यालय गौरका ट्रायल सेन्टरबाट बिचौलिया पक्राउ

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।जेष्ठ २०। रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित यातायात ब्यवस्था कार्यालय गौरको ट्रायल सेन्टरबाट दुई जना बिचौलीयालाई प्रहरीले पक्राउ गरेका छन्। ट्रायल सेन्टरमा बिचौलियाहरुले लाईसेन्स बनाई दिने भन्दै सेवाग्राही संग रकम असुलको गुनासो प्रहरी समक्ष पुग्न साथ दुई जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताएका छन्।

पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका वडा नंबर १ बस्ने बर्ष ४८ को श्याम नारायण साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। उनिहरु माथि म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय