जीतपुरसिमरा उपमहानगरपालिकामा जेठ २० गते देखि आई.पि.भि.खोप संचालन हुने

पछिल्लाे समाचार

१९ जेठ । बारा:   पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको  सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हो। जीतपुरसिमरा उपमहानगरपालिका भित्रका विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खोप अभियानका बारेमा जानकारी गराईएको थियो ।

उक्त खोप अभियान जीतपुरसिमरा उपमहानगरपालिकामा जेठ २० आइतवारदेखि जेठ २३ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी.खोप अभियान  जीतपुरसिमरा उपमहानगरपालिकामा पनि सञ्चालन गर्न लागिएको शनिबार जनस्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रममा बताईएको हो ।

आई.पि.भि.खोप अभियान उपमहानगरको २४ वटै वडामा करिब ६ हजार ६ सय जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख रबि कुमार भाष्करले बताएका छन् । उनका अनुसार आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउने तयारी रहेको बताएका छन्। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २३ गतेसम्म पनि उनीहरुको पायक पर्ने विद्यालयमा  खोप लगाइने शाखा प्रमुख प्रमुख भाष्करको भनाइ रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बालबालिकालाई लक्षित गरि खोप लगाईने भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय