प्रथम लोहसण्डा गोल्डकप आज देखि सुरु ,बिरगंज सिटीको बिजयी सुरुवात 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।१९ जेठ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद नारा सहित आज देखि प्रथम लोहसण्डा गोल्डकप २०८१ सुरु भएको छ ।शनिवार मधेश प्रदेश सभाका सदस्य देवनारायण चौधरीले प्रथम लोहसण्डा गोल्डकपको उद्घाटन गरे संगै प्रतियोगिता सुरु भएको छ ।सन राईज युथ क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक गोल्डकप प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले सनराइज युथ क्लबले पहिला देखिनै आफ्नो वडामा राम्रो कार्य गर्दै आईरहेकोले क्लबको उज्ज्वल भबिस्यको कामना गर्नुभयो ।सरकारले अहिले बजेट रोक्क गरेको हुनाले तत्काल आफू सहयोग नगरे पनि पछि क्लबलाई र लोहसण्डा मैदान संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।त्यसतै उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरले खेलकुदमा ठोलै लगानी गरे पनि त्यस अनुसार प्रतिफल ल्याउन नसकेको बताउनुभयो । लोहसण्डा गोल्डकपमा उपमहानगरले सहयोग गरेको र आउदो दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ को आर्थिक सहयोगमा सुरु भएको गोल्डकप जेठ २६ गते सम्म चल्ने छ ।प्रथम लोहसण्डा गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा बिरगंज सिटिले जनशक्ति क्लब कोल्हवीमा १-० को जीत निकालेर सुखद सुरुवात गरेको छ ।बिरगंज सिटिका लागि खेलको ७ औं मिनेटमा अरमान चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएको थियो ।कोल्हवीले समेत गोल गर्ने थुप्रै मौका पाउँदा समेत गोल गर्न सकेको थिएन ।

बिरगंज सिटिका अरमान चौधरी म्यन अफ दी मैछ घोषित भए ।सनराईज युथ क्लबका सचिवले स्वागत मन्तव्य राखेको थियो भने शुभकामना मन्तव्य जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले राख्नु भएको थियो ।उक्त गोल्डकप उद्घाटन कार्यक्रममा पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा,पूर्व नगर उपप्रमुख सरस्वती चौधरी, वडा सदस्य गङा पटेल लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालक सन्देश सिंहले गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय