जीतपुरसिमरा १४ का बासिन्दाले अब नि:शुल्क रगत पाउने

पछिल्लाे समाचार

 अखिलेश कुमार यादव। २० जेठ । जीतपुरसिमरा उपमहानगरपालिकालिका स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् ।  वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्र (ब्लड ब्याङ्क) केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । वडा नम्बर १४ को वडा समितिको कार्यालय र रेडक्रस सोसाइटी पर्सा शाखा बीच वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने विषयमा आज सम्झौता भएको छ । 

 जीतपुरसिमरा उपमहानगरपालिका १४ कि वडा अध्यक्ष चयन गुरुङले आफ्ना वडाका बासिन्दालाई आवश्यक पर्ने बेला रगतको अभाव नहोस भन्ने उदेश्यका साथ  नेपाल रेडक्रस सोसाइटी पर्सा बिरगंज संग सम्झौता गरेको छ । जीतपुरसिमरा १४ का बासिन्दाले नि:शुल्क रगत पाउनको लागि सम्बन्धि चिकित्सकको सिफारिस र वडा कार्यालयको सिफारिस लिएर रक्तसञ्चार केन्द्र बिरगंजमा आए पछि नि:शुल्क रगत उपलब्ध गराईने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

वडा अध्यक्ष गुरुङले अब वडाका कोही पनि बासिन्दा बिरामी भएर रगतको आवश्यकता परे वडा कार्यालयबाट सिफारिस पत्र लिएर रक्तसञ्चार केन्द्रमा गए निःशुल्क रगत पाउने बताउनुभयो ।  उनले आफ्नो वडाका कोही पनि जनता पैसाको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित नहोउन् भन्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो । सम्झौतापत्रमा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ र रेडक्रसका सभापति वीरेन्द्रराज कंडेलले हस्ताक्षर गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय