प्रथम लोहसण्डा गोल्डकप : पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश

पछिल्लाे समाचार

२२ जेठ,बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -८ मा जारी रहेको प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोर्ट्स क्लब बढनिहार बिजयी भएको छ ।वन शक्ति क्लब सिद्धपुरलाई पेनाल्टीमा ८-७ ले पराजित गर्दै पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।वन शक्ति क्लबका सजिव उरोले २ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो तर वन शक्ति क्लबले अग्रता कायम गर्न सकेको थिएन ।

निर्धारित समयमा दुबै टोलिले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टीमा धकेलिएको थियो ।पेनाल्टीमा ८ गोल गर्दै पर्सागढी स्पोर्ट्स क्लब बिजयी भएको आयोजक सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए ।पर्सागढीका गोलरक्षक दिपेन्द्र चौधरी म्यन अफ द मैच घोषित भए ।उनलाई जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले मेडल र नगद १५ सय रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।जेठ १९ गते देखि सुरु भएको प्रथम लोहसण्डा जेठ २६ गते सम्म संचालन हुने छ ।प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेताले नगद ४० हजरा धनराशि पुरस्कार पाउने छ ।मंगलबार बिरगंज युथ एकेडेमी बिरगंज र साईनिङ युथ एकेडेमी मनहर्वा बारा बिच खेल हुने छ।

spot_imgspot_img
spot_img

लोकप्रिय