बिष्फोटमा परेको एकै परिवारको दुई बालवालिकाको मृत्यु

पछिल्लाे समाचार

१४ भदौ । पाँचथर-  पाँचथरको फालेलुङ-५ प्राङबुङमा भएको बिष्फोटमा परेका दुई वालवालीकाको मृत्यु भएको छ ।एकै परिवारका दाजू बैनिको मृत्यु भएको हो । घाईते दुई बर्षिय प्रिन्सा साँवाको उपचारका लागी लैजादै गर्दा इलाममा र उनको दाई ११ बर्षिय दिप्सन सँवाको उपचारका लागि विएण्ड सि अस्पताल झापामा मृत्यु भएको प्रहरी जनाएको छ । 

अर्का घाईते पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।विष्फोटका कारण उनीहरूधको शरिर जलेको छ । विहिवार दिउँसो विस्फोट भएको थियो । ग्रिनेट बिस्फोट भएको प्रारम्भिक अनुमान छ ।  सोहि स्थानमा अर्को संकास्पद बस्तु फेला परेको छ । नेपालीसेनाको टोलि घटना स्थल तर्फ गएको छ ।संकास्पद बस्तु डिस्पोट गर्ने र नयाँहो कि पुरानो बस्तु बिष्पुफोट भएको अनुसन्धान हुने पाँचथरका डिएसपि हेमन्त भण्डारीले जानकारी दिए ।ईक्सपेक्टरको नेतृत्वको टोलिले घटना स्थलमा अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय