विश्वकपमा सहभागी खेलाडिलाई क्यानले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने 

पछिल्लाे समाचार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो । यस्तै स्पोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको क्यानले जनाएको छ ।

बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ । निर्णयअनुसार प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने छ । यस्तै एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरञ्जमा गरिने क्यानले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय