चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगिता असोज १ गते देखि सिमरामा हुने

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। भदौ १५ बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । असोज १ गते देखि असोज ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।भारतको दार्जिलिङ ,सिकिम र कलकत्ता  टोली सहभागी हुने सिमरा भेट्रान क्लबका प्रतियोगिता सचिव हरि चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालका युनिटी क्लब बिरगंज, सरस्वती नगर भेट्रान क्लब काठमाडौं, पोखरा भेट्रान पोखरा,हेटौंडा भेट्रान क्लब मकवानपुर, हाम्रो धरान फूटबल क्लब धरान ,कटारी टाईगर भेट्रान क्लब कटारी , आयोजक सिमरा भेट्रान क्लब सिमरा चितवन भेट्रान क्लब चितवन  प्रतियोगितामा सहभागिता रहने छ । देशी विदेशी गरी १२ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए ।

दैनिक २ वटा टिमले खेल्ने प्रतियोगितामा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा ४० बर्षको ४ जना ४५ बर्षको ५ जना ,५० बर्षको २ जना गरि ११ जना खेलाडीलाई सहभागी गराइने छ ।प्रतियोगितामा पहिलो हुने टिमले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक खेलमा एक जनालाई तीन हजारका दरले म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ । बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलो ठूलो धनराशि भएको  अन्तर्राष्ट्रिय स्तरको भेट्रान प्रतियोगिता गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय (राजकपुर) राउतले जानकारी दिए ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित ३२ लाख ५३ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।खेलाडीहरुको हौसला एवं प्रोत्साहन, खेलकुद नै राष्ट्र र स्वास्थ्यको आयाम’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।खेल र खेलाडीलाई प्रँेत्सान गर्दै खेल क्षेत्रको विकाससंगै आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य प्रायोजकमा  हुलास स्टिल सिमरा रहेको छ ।

 पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी सदस्य लक्ष्मी खरेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य विशाल घिमिरे, क्लबका सल्लाहकार संयोजक बिनोद परियार, सदस्य राजु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार संयोजक बिनोद परियारले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चार क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।  

spot_imgspot_img
spot_img

लोकप्रिय