किरण आँखा अस्पतालको सेवा अब सिमरा बाट लिन पाउने

पछिल्लाे समाचार

१५ भदौ ।सिमराः बिरगंज स्थित किरण आँखा अस्पतालको सेवा अब सिमरा बाट पनि पाउने भएको छ ।शनिवार एक कार्यक्रमको आयोजना गरेर किरण आँखा अस्पतालले आफ्नो सेवा बाराको सिमरामा समेत विस्तार गरेको छ । सिमरास्थित सूर्य नेपाल अगाडि अस्पतालले सुविधासम्पन्न क्लिनिक संचालनमा ल्याएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शनिबार किरण आँखा अस्पतालको अर्को शाखाको उद्घाटन गरे सगै सेवा बिस्तार भएको छ  । किरण आँखा अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले सर्वसाधारणले गुनासो नगर्ने गरी उपचार सेवा प्रदान गर्न आग्रह गरे ।जीतपुरसिमराको जनताले आँखा सम्बन्धि समस्याको अब उपचार सिमरा बाट नै गराउन पाउनु उपमहानगर बासिको लागि राम्रो भएको बताए ।

अस्पतालका संचालक एवम् डा. अमर केयालले सर्वसाधारणकै सहजताका लागि सेवा केन्द्र विस्तार गरिएको बताए । यस क्षेत्रबाट उपचारका लागि धेरै नागरिक पुग्ने गरेको बताउँदै डा. केयालले सबैलाई अझ पायक हुने गरी क्लिनिक स्थापना गरिएको बताए । डा. केयालले वीरगन्जमै उपचार गर्ने दक्ष चिकित्सककै उपस्थितीमा सिमराबाट सेवा संचालन हुने जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय