सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

०४ असोज। सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ।संस्थाले आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरेर १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष सावित्री देवि पिपलेको सभाध्यक्षतामा सुरु भएको साधारण सभामा जीतपुरसिमरा सहकारी शाखा प्रमुख सुधन चौधरीको प्रमुख अतिथ्यता रहेको थियो।

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ५ औ अधिवेशन समेत शुक्रवार सम्पन्न भएको छ।अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ।५ औं अधिवेशन बाट ९ सदस्यीय संचालक समिती चयन गरिएको छ भने ३ सदस्यीय लेखा सुपरिवेक्षन समिती गठन गरिएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं अधिवेशन बाट अध्यक्षमा सावित्री देवि पिपले उपाध्यक्षमा श्रवन कुमार गुप्ता, सचिवमा बिपिन कुमार,सहसचिवमा सुरज हजरा,कोषाध्यक्षमा शम्भुवन गुप्ता,सदस्यमा बिनोद राम चमार ,सबिता देवि रहेको संस्थाले जनाएको छ।

सहकारीले जीतपुरमा एक कार्यक्रमको आयोजना गरि स्थापनादेखी हालसम्म संस्थाको विकसका लागी महत्वपूर्ण योगदान पुर्याउने जेष्ठ नागरिक लगायतका सदस्यहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटन कार्यक्रममा जेष्ठ नागरिक, असल बचतकर्ता, उत्कृष्ट बचत समूह, असल ऋणीहरुलाई सम्मान गरिएको थियो ।

बोल्ने वक्ताहरुले नेपालको राष्ट्रिय विकासको महत्वपूर्ण अङ्गको रूपमा सहकारी रहेको बताएका थिए । समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारी रहको भन्दै उनीहरुले सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुने बताए । सहकारीमा पुँजीको भन्दा पनि सदस्यको महत्व धेरै हुने उनीहरुको भनाई थियो । सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित हुने सहभागीहरुको भनाई थियो ।उक्त साधारण सभामा संस्थाका बचतकर्ताहरुको उपस्थिति रहेको थियो

spot_imgspot_img
spot_img

लोकप्रिय