घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न 

पछिल्लाे समाचार

०५ असोज।सिमरा ।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ४ औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्था स्थापना भएको १२ वर्ष पुरासँगै १२ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।संस्थाले औराहा स्थित देव आश्रम आफ्नो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष कोपिला सिमखडा अध्यक्षता कार्यक्रम मा प्रमुख आतिथ्यता अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक संचालक सदस्य मिनराज कंडेल एवं जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको विशिष्ट आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो । संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

साधारण सभामा संस्थाले जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी,उत्कृष्ट बचत कर्ता, सहकारी पत्रकारीता दिवाकर भण्डारी तथा सामाजिक अभियान्ता दिपक नेपाल लगायतलाई सम्मान गरेको छ ।

साधारणसभाको उद्घाटन सत्रमा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नगर उपप्रमुख भोलाप्रसाद अधिकारी , बारा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष सतेन्द्र ठाकुर, जितपुर सिमरा उपमाहानगरपालिका सहकारी शाखा प्रमुख सुधन चाैधरी सहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । संस्थाकी अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय