गाउँपालिका अध्यक्ष यादव द्वारा झोलुङ्गे पुलको उद्घाटन ,स्थानियलाई आवतजावतमा सहज

पछिल्लाे समाचार

३० मंसिर ।बारा : बारा जिल्लाको दक्षिणी भेगमा रहेको सुवर्ण गाउँपालिकामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।आईतवार सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले उद्घाटन गर्नु भएको छ ।नवनिर्मित पुलको उद्घाटन गाउँपालिका अध्यक्षले गरे संगै उक्त झोलुङ्गे पुल संचालनमा आएको छ ।

सुवर्ण गाउँपालिकाको वार्ड नं ६ मुसहर्ना मा रहेको थलही खोलामा झोलुङ्गे पुलको समुदघाटन सु सम्पन्न भएको सुवर्ण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुजित यादवले बताउनु भएको छ । झोलुङ्गे पुल संचालनमा आए पछि स्थानियहरु हर्षित भएका छन।झोलुङ्गे पुल नहुदा स्थानियहरुलाई आवतजावतमा समस्या हुने गरेको तर अब झोलुङ्गे पुल संचालनमा आए संगै स्थानियहरुलाई धेरै राहत हुने गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले बताउनु भयो ।

खेतीपाती गर्ने बेला किसानलाई आवतजावतमा बढी समस्या हुने गरेको थियो ।झोलुङ्गे पुल या अन्य पुल नहुदा अर्को बाटो भएर किसानहरू आवतजावत गर्ने गरेको थियो ।  उक्त झोलुङ्गे पुल उद्घाटन कार्यक्रमा सुवर्ण गाउँपालिका उपाध्यक्ष  पुनम कुमारी यादव,  सुवर्ण गाउँपालिका का   नि.  प्रमुख प्रशासकिय अधिकृत  सुजित कुमार यादव  युवा नेता सतेन्द्र यादव लागायतकाे उपस्थिति रहेको थियो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय