अखिलेश कुमार यादव ।३० मंसिर ।बारा – जीतपुरसिमराको राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवानाले लगातार तेश्रो पटक विद्यालयस्तरीय छात्रछात्रा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा आईतवार नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सम्पन्न चौथो राष्ट्रपति रनीङ शिल्डको उपाधी राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवानाले जितेको हो । यसअघिका दुईपटक प्रतियोगिता जितेर रनीङ शिल्ड आफ्नो बनाएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ४ औराहामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ४ दिन सम्म संचालन भएको प्रतियोगितामा १७ गोल्ड मेडल ,१० सिल्भर मेडल र २ ब्रोन्ज मेडल सहित बिजेता र सेन्ट अल्फान्स बोर्डिङ स्कुल ८ गोल्ड मेडल ५ सिल्भर मेडल र २ ब्रोन्ज मेडल सहित दृतिय भएका हुन ।यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाले ५ गोल्ड मेडल २ सिल्भर मेडल र २ ब्रोन्ज मेडल सहित तृतीय भएको छ ।२७ वटा विद्यालयको कक्षा १० सम्म अध्यन गर्ने १८ वर्षसम्मका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगिता अन्तर्गत कवडी ,भलिबल , एथलेटिक्स,कराते र तेक्वान्दो बिधामा प्रतिस्पर्धा भएको सचिवालय विद्यालय नेरा मा.बि औराहाका प्रधान्ध्यापक रामदत जोशिले बताए ।
प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने विद्यालयलाई रनिङ शिल्ड ट्रफी मेडल र प्रमाणपत्र सहित क्रमश २० हजार १५ हजार र दस हजार नगद पुरस्कार प्राप्त गरेका छन। चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै मधेश प्रदेशका शिक्षा युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालले खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा मधेश प्रदेश सरकारले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको उहाँको भनाई छ । खेलको विकासका लागि मधेश प्रदेश सरकारले योजनावद्ध तरिकाले काम गरिरहेको भन्दै उहाँले मधेश प्रदेशको ८ वटै जिल्लालाई खेलकुदको हव बनाइने बताउनुभयो ।
समापन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात विद्यालय स्तरको खेलबाट हुने बताउनुभयो । समापन कार्यक्रममा खेलमा विभिन्न विधामा जित हात पारेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।समापन कार्यक्रमा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी ,पूर्व प्रदेश सभा सदस्य सीता गुरुङ ,सुन्दर बिश्वकर्मा ,जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० का वडाध्यक्ष सन्जय पटेल ,वडा न २० का वडाध्यक्ष रसुल मिया लगाएत सहभागी विद्यालयको शिक्षक शिक्षिका लगाएत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।