डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । २९ मंसिर ।बारा :  डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो २९ औँ वार्षिक सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री रहनुभएको थियो । ३ हजार ७ सय ७७ जना सेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा  ७७ लाख ४९ हजार आठ सय  ५५ मुनाफा गरेको संस्थाका अध्यक्ष पण्डितले आफ्नो प्रतिवेदन प्रस्तुतिमा उल्लेख गर्नुभएको थियो ।

त्यस्तै संस्थाका लेखा संयोजक तेज प्रसाद चौलागाईंले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गर्नुभएको थियो ।डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभामा बोल्दै मधेश प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले कृषि सहकारीको माध्यमबाट नागरिकको आर्थिक उन्नति हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले समाज परिवर्तनको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उद्धेश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए ।उहाँले प्रदेश भित्र सञ्चालित सहकारीको अवस्थाबारे कृषि मन्त्रालयले अध्ययन गरिरहेको बताउँदै आवश्यकताको आधारमा सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी ,संस्थाका पूर्व अध्यक्ष भरत खडका ,पन्चामृत दुग्ध सहकारीको तर्फ बाट चुडाहरी अधिकारी ,जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का वडाध्यक्ष हरिदेव खरेल ,प्रदेश दुग्ध बिकाश बोर्डका अध्यक्ष शंकर साह लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।साधारण सभाको अवसरमा सबै भन्दा बढि दुध बेच्ने, गुणस्तरीय दुध बेच्ने कृषकहरुलाई सम्मान गरिएको थियो।

सहकारीले विभिन्न विधामा काम गर्ने ३९ जनालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट किसान २०८१ बाट सम्मानित हुनेहरुमा श्री ब्रदर्श मल्टी प्रपोज फार्म, सीता पशुपालन फार्म र सावित्री भट्टराई अचार्य रहेको छ  ।त्यसै गरि डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले यस बर्षको सर्वोत्कृष्ट कर्मचारी सम्मान बाट उपकेन्द्र ब्यवस्थापक बाट सुमन कुमार खत्री , बजार क्षेत्र बाट प्रमिला गौतम र चालकहरु मध्य बाट शिव बहादुर आलेलाई सम्मान गरेको छ ।त्यसतै यस बर्षको पत्रकारिता पुरस्कार बाट सन्चारकर्मी प्रदीप गौतमलाई सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट ब्यपारी बाट ढाकाराम लामिछानेलाई सम्मान गरिएको छ ।डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष नारायण प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक सन्तोष कुमार भुजेलले गर्नु भएको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय