२८ मंसिर ।बारा : नेपाल पत्रकार महासंघ बाराको अध्यक्षमा रमेश सुवेदी बिजय भएको छ ।शुक्रबार भएको चुनावमा सुवेदी ४ मतले बिजय भएको छ ।शुक्रबार राती ८ बजे सम्म चलेको मतगणनामा रमेश सुवेदी ७१ मत ल्याएर बिजय भएको निर्वाचन अधिकृत निमेष तिमल्सिनाले जानकारी दिए ।
प्रेस युनियन , प्रेस चौतारी र प्रेस सेन्टरका साझा उम्मेदवारको रुपमा अध्यक्षमा उम्मेदवारी दिएका प्रेस युनियनका श्यामबाबु प्रसाद यादवलाई ४ मतले पराजित गर्दै रमेश सुवेदी बिजय भएको छ ।गठबन्धनका उम्मेदवार यादवले ६७ मत पाएको थियो भने रमेश सुबेदीले ७१ मत ल्याएर यादवलाई पराजित गर्दै बिजयी भएको छ ।सुवेदी बिगत ३ दशक देखि बारा बाट पत्रकारिता गरिरहेको छ ।त्यसतै नेपाल पत्रकार महासंघ बाराको कोषाध्यक्षमा रोचक भिडन्त भएको छ ।कोषाध्यक्षको लागि प्रेस युनियन ,प्रेस चौतारीको समर्थन पाएका प्रेस सेन्टरका रन्जन यादवले १ मतले कोषाध्यक्षमा बिजयी भएको छ ।यादवका निकटम प्रतिद्वन्द्वी अनिल पाण्डे १ मतले पराजित भएको छ ।कोषाध्यक्ष रन्जन यादवले ७० मत प्राप्त गरेको थियो भने अनिल पाण्डेयले ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत तिमल्सिनाले जानकारी दिए ।
गठबन्धन बाट उम्मेदवारी दिएका श्याम यादवले आफू संग गठबन्धनले घाट गरेको बताएको छ ।प्रेस चौतारीले समर्थन गर्न भने पनि आफुलाई मत नदिएर अन्य उम्मेदवारलाई मत दिएकोले यादव पराजित भएको बुझिएको छ ।१३९ जना मतदाताले मतदान गरेको थियो भने ४ जना मतदान गर्न न आएको बुझिएको छ ।यो भन्दा पहिला उपाध्यक्ष ,उपाध्यक्ष महिला ,सहसचिव ,समावेशी सहसचिव र केही सदस्यमा उम्मेदवारहरु नर्विरोध निर्वाचित भईसकेको छ ।यता बारा शाखाको कार्यसमितिमा प्रेस चौतारीको बहूमत भएको छ ।उपाध्यक्ष ,सचिव सहसचिव , समावेशी सहसचिव ,महिला सदस्य ,मधेशी सदस्य गरेर खुल्ला तर्फ सदस्यमा समेत अधिकान्श प्रेस चौतारीको उम्मेदवार नै बिजयी भएको छ ।