२८ मंसिर ।बारा : नेपाल पत्रकार महासंघ बारा शाखाको मतदान सकिएको छ ।बिहान १० बजे देखि लिएर ५ बजे सम्म मतदानको समय तोकिएको थियो ।१४४ जना सदस्य मध्य १३९ जना सदस्यले मतदान गरेको निर्वाचन अधिकृत निमेष तिमल्सिनाले बताए ।
नेपाल पत्रकार महासंघ बारा शाखामा ९ पदमा १२ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष मा २ जना र खुल्ला सदस्यमा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत तिमल्सिनाले जानकारी दिए ।अध्यक्ष पदमा प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धन बाट श्यामबाबु प्रसाद यादवले उम्मेदवारी दिएको छ भने समाजवादी प्रेस संगठन बाट रमेश सुबेदिले उम्मेदवारी दिएको छ ।त्यसै गरि कोषाध्यक्षमा प्रेस सेन्टर बाराको तर्फ बाट रन्जन यादव र स्वतन्त्र बाट अनिल पाण्डेयले उम्मेदवारी दिएको छ।
७ जना कार्यसमिति सदस्यको लागि ८ जनाले उम्मेदवारी दिएको छ ।नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यालय कलैयामा अहिले मतगणना सुरु भएको छ ।प्रेस चौतारी ,प्रेस युनियन र सेन्टरका समर्थन पाएका अध्यक्ष पदका उम्मेदवार श्याम यादवको पर्ला भारी रहेको बुझिएको छ ।नेपाल पत्रकार महासंघ बारा शाखामा बाकी रहेको पदमा नर्विरोध निर्वाचित भएको छ ।
नर्विरोध कोको भए त निर्वाचित
उपाध्यक्ष :पानालाल दास
महिला उपाध्यक्ष : प्रियका दास
सचिव : पुष्पराज खतिवडा
सहसचिव :इन्दिप कोईराला
समावेशी सहसचिव : दुष्यानत चौधरी
महिला सदस्य : तुल्सा घिमिरे
दलित सदस्य : शर्मालाल बैठा
मधेसी सदस्य : धिरेन्द्र तिवारी