जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभाको रिट निर्देशनात्मक आदेशसहित खारेज

पछिल्लाे समाचार

०८ पौष । बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको विषयलाई लिएर परेको रिट सोमबार खारेज गरिएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा परेको निर्देशनात्मक आदेशसहित रिट खारेज भएको हो ।

माननिय न्यायधिश ऋषिराम निरौला र माननिय न्यायधिश भरत लम्सालको संयुक्त ईजलासले निर्देशनात्मक आदेशसहित रिट खारेज गरेको हो ।१० असारमा सम्पन्न नगर सभा सञ्चालनको विषयमा असन्तुष्ट समुहको नेतृत्व गर्दैै वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले असार २३ गते  दायर गरेको रिट माग दावि खारेज भएको हो ।

मेयर राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध उपमेयर भोलाप्रसाद अधिकारीसहित ९१ जनाले रिट दर्ता गराव्को थियो । अदालतको फैसलासँगै नगर सभा विवाद टुङ्गिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा लामो समय देखि नगरसभाको बिषय लिएर जनप्रतिनिधि बिच बिवाद बढेको थियो ।नगरसभाको रिट खारेज भए सगै अब जनप्रतिनिधिहरुले हातेमालो गरेर उपमहानगर भित्र बिकाशको लहर ल्याउने जनताहरुले अपेक्षा गरेको छ।यता रिट खारेजको पूर्णपाठ अझै आउन बाकी रहेको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय