महेश खरेलको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी जीतपुरसिमरा नगर कमिटी चयन

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

०५ माघ सिमराः राष्ट्रिय प्रजातन्त्र पार्टीको जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशनले महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।शनिबार सिमरामा सम्पन्न भएको छ दोश्रो नगर अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा होमबहादुर रखाल, सुरज लम्साल, अनिता सिंह, सचिवमा केदारभक्त पौडेल, कोषाध्यक्षमा भेषबहादुर श्रेष्ठ चयन भएका छन् । कमिटीको पदाधिकारीमा दुई सहसचिव पछि चयन गरिनेछ ।

यसैगरी कमिटीको सदस्यमा बुद्धिप्रसाद पाण्डे, माधवप्रसाद त्रिपाठी, केशवबहादुर तिमिल्सिना, डिल्लीराज शर्मा, जागेश्वर गिरी, यमकुमार जर्गामगर, लक्ष्मण रानाभाट, अम्बिका श्रेष्ठ, डम्बरबहादुर केसी, पुष्पराज भण्डारी, भावनादेवी मगर, राजु सहनी, रामप्रसाद खतिवडा, पारसनाथ चौधरी, भगवानराज उप्रेती, सावित्री उप्रेती, विष्णुबहादुर बस्नेत, सिताराम भण्डारी, रामप्रसाद भट्ट, अर्जुन लामा, विकास सापकोटा, ढोडा मियाँ अन्सारी, प्रेमप्रसाद आपागाईं, पुरुषोत्तम अधिकारी, कलितादेवी दास, सूर्यकुमार श्रेष्ठ, श्रवणकुमार यादव, विश्वास कार्की, चन्द्रावती मुखिया, पार्वती खड्का चयन भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीको जीतपुरसिमरा नगर अधिवेशन राप्रपा नेपालको अध्यक्ष राजेन्द्र लिंग्देंनको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।बिभिन्न पार्टी परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा दर्जनौ नेता कार्यकर्ताले पार्टी प्रवेश गरेको थियो ।

यसैगरी रत्नसिंह गोले, अनिसा विक, सुमिता लामा, महेन्द्र यादव, महन्त महतो, मञ्जु राम, रामभरोसी चौधरी, कन्हाई बछार, जवाहरलाल दास, लालबाबु प्रसाद यादव, सुशिला माझी र डम्बरबहादुर अधिकारीलाई नगर कमिटीको सदस्यमा चयन गरिएको छ । अधिवेशनमा राप्रपाले उपमहानगरपालिका भित्रको विभिन्न वडामा निर्वाचित वडा कमिटीका वडाध्यक्षलाई समेत प्रमाणपत्र वितरण गरेको थियो । सोही अवसरमा राप्रपाले नारायणप्रसाद घिमिरेको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गठन गरेको छ । कमिटीको उपाध्यक्षमा साजन राई, अर्जुन लामा, महिला उपाध्यक्षमा बसन्ती विक, सचिवमा कुमार तिमिल्सिना र कोषाध्यक्षमा सुशिलकुमार सिंह रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय