नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ मधेश प्रदेशको छैठौ बार्षिक साधारण सम्पन्न

पछिल्लाे समाचार

०५ माघ ,बारा : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ,मधेश प्रदेशको बार्षिक साधारणसभा सम्पन्न भएको छ । महासंघको छैठो बार्षिक साधारणसभा शनिबार निजगढमा सम्पन्न भएको हो ।साधारणसभाको निजगढ नगरपालिकाको पूर्व नगर प्रमुख सुरेश खनालले उद्घाटन गरेको थियो।पूर्व नगरप्रमुख खनालले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने भन्दै व्यवसायीका सकरात्मक मागमा सरकारले सहयोग गर्ने बताए ।

पुस्तक पढ्ने संस्कार बिस्तारै हराउँदै गएको भन्दै उनले पुस्तक पढ्ने बानीको बिकास गर्न पनि महासंघले भुमिका खेल्न जरुरी रहेको बताए ।कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ केन्द्रीय सदस्य माधबलाल श्रेष्ठले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले र्शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक विद्यालयमा पुर्याउने काम गरेर सरकारको कामलाई सहयोग गरिरहेको उहाँले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै मधेश प्रदेशका निबर्तमान अध्यक्ष्ज्यु श्री धिरज कुमार श्रेष्ठले कार्यक्रममा बोल्दै पोख्रेलले व्यावसायिक हितकोषको स्थापना गरिसकिएकोले यसमा सबै पुस्तक व्यवसायीलाई आबद्ध गर्नुपर्नेमा जोड दिए ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष सागर ठोक्करको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ केन्द्रीय सदस्य माधबलाल श्रेष्ठ, केन्द्रीय बिभागिय सदस्य नरेश कुमार रौनियार, मधेश प्रदेशका निबर्तमान अध्यक्ष धिरज कुमार श्रेष्ठ पूर्व अध्यक्ष मुकेश कुमार सिँह, निजगढ नगर पालिका का पुर्व उप- प्रमुख श्री लिलादेबि लामिछाने खनाल, निजगढ नगर उधोग बाणिज्य संघ निजगढका उप- सभापती श्री गोरख खडका, निजगढ नगर शिक्षा शाखाको श्री रामकुमार लामिछाने, लगायत मधेस प्रदेस का ८ जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय