साउनको मिहना अनि रात्री बस

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

२०८१ साल साउन मिहना ७ गतेको कुरा हो । म एउटा एन.जि.ओ. मा काम गरिरहेको थिए र मलाइ काठमान्डौ जान अति आवश्यक थियो किनकी मेरो परीक्षा थियो जसमा मलाइ जसरी पनि समयमा पुग्नुपर्ने थियो । र मलाइ अफिसले बिदा धेरै दिन मानिरहेको थिएन अफिसमा कामहरु पनि धेरै नै थियो भने अर्को तर्फ भर्खरै सिमलटारको घटना ताजै थियो जसले गर्दा मेरो घरपरीवारबाट मलाइ रात्री बसमा नजानु भनी आदेश आयो ।

मैले जानै पर्ने बाध्यता भएकोले सिमरा बाट बुद्ध एयरको अन्तिम टिकट काट्न लगाए म गौर बाट हतार हतार गर्दै निस्किए सिमरा पुग्दा ३ बजेर ५० मिनेट भएको थियो म हतार हतार गरेर भित्र छिरे र आफ्नो टिकेट दिएर सामानहरु जम्मा गराए सुरुमा हामीलाइ पाएको जानकारी अनुसार प्लेन ढिलो छ भन्यो यसरी टार्दै गयो जब साँझको ६ बज्ये अचानक प्लेन नउडने भनेर सुचना आयो त्यहाँ धेरै यात्रीहरु थिए जसले हो हल्ला गर्न थाले भने कतिले आफ्नो टिकेट भोलिको लागी सारे तर मलाइ भोलि पनि के ठेकान नजान पनि सक्छ भन्ने लागेर मैले आफ्नो टिकेट क्यान्सेल गराए र आफ्नो श्रीमानलाइ फोन गरेर सबै कुरा सुनाए श्रीमानले भोलि नै आउनू भन्नुभयो तर मैले मानिन् र मेरो श्रीमानले मेरो एउटा भाइलाइ भनेर बिरगंजको गाडीमा टिकेट गर्न लगाउनुभयो ।

टिकेट त भयो तर मनमा हलचल र प्रश्नहरुले द्वन्द गर्न थाल्यो मनमा नराम्रो बिचारहरु आउन थाल्यो र आँखा अगाडी सिमल टारको द्रिश्यहरु नाच्न थाल्यो मनमा कुराहरु खेल्दै थियो भाइले गाडी पठायो र भाइको होटेलमा गए जहा मलाइ भाइले खाना खान भन्यो खासमा मलाइ भोक धेरै लागेको थियो तर गाडीको त्रासले मैले केहि खान सकिन एउटा रोटी र थोरै तरकारी खाए खासमा मलाइ धेरैले नाइट गाडीमा नजानु भनेर सल्लाह दिएको थियो ति कुराहरुले झनै मलाइ बिचलित गर्न थाल्यो कहि म चढेको गाडी केहि भयो भने मेरो बच्चाहरुलाइ कसले हेर्छ मेरो श्रीमानलाइ कसले सम्हाल्छ जस्ता नकारात्मक सोचहरु को द्वन्द चलिरहयो फरी मैले केहि छैन बाँच्नेहरु त्यस घटनाबाट पनि बाचेर आएकै छन् मेरो भाग्यमा जेहोला त्यहि हुन्छ भनेर मनलाइ आटिलो बनाए र भाइले दिदि गाडी चौकमा आइपुग्न लाग्यो हामी अब निस्कनु पर्छ भन्यो त्यस दिन भाइ पनि मेरै लागी पर्खेर घर नगएर होटेलमै भाइले होटेलकै गाडीले मलाइ सिमरा चौकमा ल्याएर गाडीमा चढाएर गयो ।

मैले धन्यबाद दिए गाडी मा चढेर मैले मेरो घरको सबै जना संग पालैपालो कुराहरु गरे सबैजनाले मलाइ गाडीमा ननिदाउनु भन्नुचयो किनकी मेरो गाडीमा निदाउने बानी छ र मैले पनि हुन्छ भने रातीको झन्डै १० बजिसकेको थियो मैले के सोचे भने अहिले तराइको सम बाटो हुन्ज्ल सम्म सुतेर बरु उठछु भनेर निदाए र तर त्यो निन्द्रा लामो भएन म २० २५ मिनेटमै बिउझिए र त्यसपछि गाडी पनि हेटौडा कटिसकेके थियो ।


गाडी रामनगरमा खाना खान भनी रोक्यो केहि व्यक्तिहरु ओर्लिएर खान खाए भने कतिले आफै ल्याएको खाना गाडीमै बसेर खाए मेरो छेउमा एउटी बुढी महिला बसेकि थिइन जसलाइ मलेखुमा ओर्लिनुथियो हुन त भन्न नमिल्ने त्यइ पनि ति मिहलाको शरीरबाट एकदम बिचित्र नराम्रो दुर्गन्ध आइरहेको थियो त्यसले झन के निदाउन दिनथ्यो र म एकदमै साँघुरीएर बसेको थिए ।
खानाको समय सकियो गाडी अगाडी बढन थाल्यो र मैले झ्यालबाट एकटकले बाहिर हेर्न थाले साउनको बादलले कालो अंध्यारो आकाश र त्यसमा टल्किएको त्रीसुली नदीको पानी तथा तेज बहावको आवाज मानौ आफुतिर तानिरहेको जस्तो अनुभव भइरहेको थियो र त्यित नै खेरी फेरी सिमलटारको घटनाको याद आयो जसले शरीर नै कामेर आयो र मैले अर्को तर्फ हेरे अर्को तर्फ झन नै उजाड र बंजर ती पाखाहरु भिरहरु जूनकि अब झर्छ अहिले झर्छ जस्तो लागीरहेको थियो त घरी त्यहाबाट चिहाएको जस्तो अवाजहरु कराइरहेको जस्तो अनुभूति भैरहेको थियो र संगसंगै झरी भने रुक्ने नाम लिहेको थिएन एकातिर हेर्दा त्रीसुली नदीको बिकराल रुप र अर्को तर्फ ति खाउला झै हेरीरहेको बिरान पहाडहरु त्यसमै झन अलिकति पनि गाडी बांगिदा ओरालो हुँदा मनमा अब हामी पनि गयौ अब खै बाचिन्छ कि नाइ ठेकान छैन सेच आउँदै गर्दा अर्को तर्फ हे भगवान मलाइ केहि भइहाले भनेपनि मेरो घर परिवारलाइ हजुरले हेरीदिनु भन्ने प्रार्थना गरीरहेको थिए र म न निदाउ भनी मेरो घर बाट घरी घरी पोनहरु आइरहेको थियो तीमी ठीक छौ नि जस्ता प्रश्नहरु सोध्दा म हजुर ठिक छु भनेर उतर दिरहेको थिए तर मनमा त आधि चलिरहेको थियो मेरो छोराछैरी कसरी बस्छन् होला कस्ले हरेरदेला तिनीहरु भबिष्यमा कस्ता बन्लान मेरो पश्चात सायद मेरो श्रीमानले त अर्को बिवाह गर्नुहुन्छ होला अनि झन मेरा बच्चाहरु को के हुन्छ होला हे भगवान मेरो बच्चाहरुलाइ राम्रो र असल बनाउनु भनी लामो साँस लिदै प्रार्थना गरे र अब जे हुनु छ भैहाल्छ बरु म सुट्टछु ताकि मृत्यूको अनुभव गर्न नपरोस भन्दै र हनुमान चालिसा पढदै म कतिखेर निदाए छु थाहै भएन र अँखा खुल्दा म थानकोट पुगीसकेको थिए र मनमा खुसी को अनुभट्ति भयो हे भगवान हजुरको जय होस ।

यो कुराहरु मैले अहिले आएर किन लेखे होला जस्तो प्रश्नहरु हुन सक्छन् होला आज झन्डै ५ महिना पछि यसरी किन लेखे होला जस्तो लाग्न सक्छ होला कुरा के हो भने म जब काठमान्डौ जाने कुरा हुन्छ वा जानुपर्ने हुन्छ मलाइ पेःरी ती घटनाहरु आँखा अगाडी नाद्बन थाल्छ र तनाव दिन्छ भने मैले जुन घटना बिभन्न मिडीयाहरुको माध्यमले मात्र हेरे जानकारी पाए भने जो व्यक्तिहरु यसबाट बाँच्नु भएको छ वा जसले लासहरु नदीबाट निकालेको आँखाले देखेको ५ वहाहरुलाइ कस्तो हुदो होला भनेर मनले सोचिरहन्छ केहि छैन तनाव व्यवस्थापनको एक माध्यम लेखन पनि हो र मैले यसैलाइ हाल प्रयोग गरेको छु ।
मैले यो मेरो अनुभवलाइ यहाहरु माझ राखे र यसमा कुनै पनि शब्दहरु मिसावट वा काल्पनिक छैन यो मेरो मानसपाटलमा उब्जेका शब्द र पिडाहरु हुन् । हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।

spot_imgspot_img
spot_img

लोकप्रिय