आठौँ लोटस एकेडमी अन्तर बिद्यालय प्रतियोगिता सुरु

पछिल्लाे समाचार

०६ माघ सिमरा ः आठौँ लोटस एकेडमी अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिता सुरु भएको छ ।आइतबार देखि सुरु भएको लोटस एकेडमी अन्तर विद्यालय स्तरिय अध्रारभूत तह फुटवल प्रतियोगिता माघ १० गते सम्म संचालन हुने छ ।लोटस एकेडमी सिमराका प्रधानध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेश प्रदेश फूटबलका कोषाध्यक्ष शम्भु सिंह ठकुरीको प्रमुख अतिथ्यता रहेको थियो ।

आठौँ लोटस एकेडमी अन्तर विद्यालय प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेशका फूटबलका कोषाध्यक्ष शम्भु सिंह ठकुरीले लोटस एकेडमीले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको बताए ।लोटस एकेडमीले ७ वटा संस्करण गराउन सफल भएको र आठौँ संस्करण समेत भब्य रुपमा सम्पन्न हुनेमा आफु आशावादी रहेको कोषाध्यक्ष ठकुरीले बताए ।अन्तर बिद्यालय बाट फूटबल खेलाडी उत्पादन गर्नको लागि लोटस एकेडमीले निरन्तर रुपमा अन्तर बिद्यालय फूटबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको लोटस एकेडमीका शिक्षक सुबाश अधिकारीले बताए ।

१० वटा निजि बिद्यालयको सहभागिता प्रतियोगितामा रहने आयोजक बिद्यालय लोटस एकेडमीले जनाएको छ ।उद्घाटन दिनको खेलमा लोटस एकेडमीले ३–१ ले साना किसान शिक्षा सामुदायिक सदनलाई पराजित गरेको छ ।लोटस एकेडमीका गौरभ चौधरी म्यान अफ द मैच घोषित भए । लोटस एकेडमी सिमराले प्रमुख अतिथि शम्भु सिंह ठकुरीलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।उक्त प्रतियोगितामा कक्षा ८ सम्मका बिद्यार्थीहरुको सहभागिता रहने आयोजक बिद्यालयले जनाएको छ ।उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य चन्द्र बहादुर लिबुले राखेका थिए भने कार्यक्रम संचालन रामप्रसाद पोखरेलले गरेका थिए ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय