जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रदान नगर्दा पचरौता नगरपालिकाको सम्पूर्ण सेवा ठप्प

पछिल्लाे समाचार

०७ माघ :कलैया : बारा जिल्लाको पचरौता नगरपालिकाको सम्पूर्ण सेवा सोमबार ठप्प भएको छ । पचरौता नगरपालिकामा भईरहेको बिकास निर्माण कार्यहरू अवरोध हुदा नगरपालिकाले सुरक्षा मांग गर्दा जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा सेवा प्रदान नगर्दा सोमबार पचरौता नगरपालिकाको वडा न १ देखि वडा ९ सम्मका सम्पूर्ण सेवा बन्द गरिएको पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहले बताए ।

नगरपालिकामा भईरहेको बिकास निर्माण कार्यहरू अवरोध हुदा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी संग सुरक्षा माङ गर्दा वहाँले मौखिक रुपमा सुरक्षा दिन अस्विकार गरे पछि बाध्य भएर नगरपालिका बाट र वडा कार्यालय बाट प्रदान हुदैं आएको सेवा ठप्प गरिएको नगरप्रमुख सिंहले बताए । प्रमुख जिल्ला अधिकारीले सुरक्षा दिन अस्विकार गरि बिकास निर्माणको कार्यामा असहयोग गरेको आरोप समेत लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय जस्ता कार्यालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेको पचरौता नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले आरोप लगाएको छ ।पचरौता नगरपालिकाको बेनौलिमा सडक ढलान तथा नाला निर्माण कार्यको लागि जग्गा छुट्याई उक्त सडकमा पर्ने सार्वजनिक जग्गामा भएका घर ,टहराहरु हटाउन सार्वजनिक सुचना जारि गर्दा समेत स्थानियहरुले अझै सम्म सार्वजनिक जग्गामा बनाईएको घर र टहरा हटाउन नसक्दा सडक ढलान जस्ता बिकाशको काम अहिले अलपत्र अवस्थामा परेको र यो सबैको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले लिनु पर्ने प्रवक्ता यादवले बताए ।

सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा नगरपालिका बाट डोजर प्रयोग गरेर हटाउनको लागि पटक पटक प्रमुख जिल्ला अधिकारि संग मौखिक रुपमा सुरक्षा प्रदान गर्न भन्दा पनि प्रमुख जिल्ला अधिकारि बसन्त अधिकारीले सुरक्षा प्रदान नगरेको आरोप लागेको छ ।यता प्रमुख जिल्ला अधिकारि बसन्त अधिकारीले नगरपालिकाको काम काज बन्द गरे पछि यसको सम्पूर्ण जिम्मेवारी नगरप्रमुखले नै लिनु पर्ने बताए ।

स्थानीयहरु संग समन्वय गरेर बिकासको गतिलाई अगाडी बढाउनेमा नगरपालिका चुकेको र नगरपालिकाले एकलौटी रुपमा आफुले चाहेको ठाउँमै घर र टहरा हटाउने भएकोले सुरक्षा प्रदान नगरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।आफुले विवाद भएको ठाउँमा स्थानीय संग समन्वय गरेर बाटो ढलान गर्नको लागि प्रहरीलाई नगरपालिकाले बोलाउने बितिकै उपस्थित गराउन नसकिने सिडियो अधिकारीले बताए ।नगरपालिकाले सुरक्षा माग्ने बितिकै आफुले उपलब्ध गराउन नमिल्ने भनेको र नगरप्रमुखलाई अवस्था हेरेर मात्र सुरक्षा प्रदान गर्ने भनेको समेत उनले बताए ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय