बारा–३ मा रास्वपा उम्मेदवार अरविन्द साहको चुनावी सक्रियता बढ्दो

पछिल्लाे समाचार

माघ १८ सिमरा : बारा क्षेत्र न ३ मा चुनावी सर्गर्मी बढेको छ । बारा–३ प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएका इन्जिनियर अरविन्द साहले कलैया उपमहानगरपालिका–१४ जितपुरसहित आसपासका क्षेत्रमा घरदैलो तथा मतदाता संवादलाई तीव्र बनाएका छन्। साहको सक्रियता बढेसँगै क्षेत्रको चुनावी माहोल पनि क्रमशः तातिँदै गएको छ।

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै साहले उनीहरूका दैनिकीसँग जोडिएका समस्या सुनेका छन्। सडक पूर्वाधारको कमजोर अवस्था, सुरक्षित खानेपानीको अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच तथा रोजगारीका अवसर नहुनुजस्ता विषय मतदाताले प्रमुख रूपमा उठाएका थिए। साहले जनताका आवाजलाई प्राथमिकतामा राख्दै समाधानमुखी राजनीति आवश्यक रहेको बताए। विकासलाई भावनामा होइन, योजनामा आधारित बनाउनुपर्ने उल्लेख गर्दै उनले इन्जिनियरिङ पृष्ठभूमिको अनुभव प्रयोग गरी दीर्घकालीन र व्यवहारिक योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

उनले परम्परागत राजनीतिक शैलीले जनविश्वास गुमाउँदै गएको उल्लेख गर्दै उत्तरदायी, पारदर्शी र परिणाममुखी नेतृत्व आजको आवश्यकता भएको धारणा राखे। सुशासन, भ्रष्टाचारविरुद्ध कडा अडान र सेवामुखी राजनीति नै रास्वपाको मूल एजेन्डा भएको साहको भनाइ थियो। घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता, स्वयंसेवक र समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विशेषगरी युवाहरूले नयाँ सोच र पेशागत रूपमा सक्षम उम्मेदवारप्रति खुलेर समर्थन जनाइरहेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार हालको चुनावी माहोल हेर्दा साह प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन्। जनस्तरमा बढ्दो समर्थन र निरन्तर भेटघाटले उनको दाबीलाई अझ मजबुत बनाउँदै लगेको उनीहरूको भनाइ छ। जितपुर क्षेत्रबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको बताउँदै साहले आगामी दिनमा बारा–३ का सबै स्थानीय तहमा पुगेर मतदाता संवादलाई निरन्तरता दिने बताएका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय