देवताल गाउँपालिका द्वारा सरसफाईकर्मीलाई सरसफाई समबन्धि सामाग्री वितरण

पछिल्लाे समाचार

१० माघ, कलैया : बाराको देवताल गाउँपालिकाले खुल्ला दिशामुक्त तथा सरसफाई समबन्धी सामाग्री वितरण गरेको छ ।बिहिवार एक कार्यक्रमको आयोजना गरेर देवताल गाउँपालिकाले खुल्ला दिशामुकता तथा सरसफाई अभियानमा खटेका सरसफाईकर्मीलाई सरसफाई सामाग्री वितरण गरेको छ ।देवताला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले सरसफाईमा खटेका सरसफाईकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरेको गाउँपालिकाकाको कार्यालयले जनाएको छ ।

देवताल गाउँपालिकाले पौष २१ गते देखि खुल्ला दिशामुक्त बनाउने उदेश्यले एक महिने सरसफाई अभियानको थालनी गरेको थियो । सरसफाईकर्मीहरुले सरसफाइ गर्नमा आवश्यक पर्ने सामाग्री माग गरे पछि उक्त सामाग्री वितरण गरिएको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले बताए ।बिहिवार देवताल गाउँपालिकाले ८० जना महिला सरसफाईकर्मीलाई सरसफाई सामाग्री वितरण गरेको उनले बताए ।सरसफाई वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले सरसफाई स्वास्थ्य जीवनको लागि धेरै महत्व राख्ने भएकोले जथाभावी फोहोर नगर्न उनले गाउँपालिका बासि संग आग्रह गरे ।सबैले अ-आफ्नो घरमा चर्पी बनाउने र खुल्लामा शौच नगरेर गह्रामा बनाईएको चर्पी भित्र मात्र दिशा र पिसाब गर्न उनले स्थानीयहरु संग आग्रह गरे ।

खुल्लामा शौच गर्दा र जथाभावी फोहोर गर्नाले स्वास्थ्य बिभिन्न किसमिको समस्या आउने गरेको कारणले गर्दा सरसफाई अभियान पालिकाले स्काई फाउण्डेशनको सहकार्यमा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताए ।अहिले देवताल गाउँपालिकाले पालिका भित्रा खुल्ला दिशामुक्त बनाउनको लागि स्काई फाउण्डेशनको आयोजनमा बिभिन्न किसिमको जनचेतनामुलक संदेश संचालन गरिरहेको छ ।सरसफाईकर्मीलाई आवश्यक पर्ने जुता,पन्जा ,टर्च ,कुचो लगाएतको सामाग्री पालिकाले वितरण गरेको छ ।उक्त सामाग्री वितरण कार्यक्रममा पालिकाका सामाजिक बिकाश शाखा प्रमुख ,लेखा शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a