अखिलेश यादव । ११ माघ ,कलैया ः नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र कुमार निधिले गठबन्धनको सरकार २०८४ सम्म नढल्ने बताएका छन् ।बिहिवार प्रेस युनियन बारा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सो कुरा बताएका हुन् ।संचारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिदै निधिले अहिलेको सरकार ढल्ने सम्भावाना शुन्य रहेको बताए ।बिपक्षी दलहरुले अहिलेको सरकारले गरिरहेको काम देखेर आतिएर झुठो प्रचार प्रसार गरेको बताए ।सरकारमा भएको सहमति अनुसार अबको डेढ वर्ष पछि नेपालि कांग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समेत उनले बताए ।
पूर्व उपसभापति निधिले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन्। तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाई छ ।फास्ट ट्रयाक जस्ता ठूलो योजना अहिले द्रुत गतिमा अगाडी बढिरहेको समेत बताए ।दोश्रो अन्तराष्ट्रिय निजगढ विमानस्थल बनाउनेमा समेत सरकार लागिपरेको निधिले प्रेस युनियन बारा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए ।’कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन’, उनले भने।
पूर्वउपसभापति निधिले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए।बारा जिल्लामा पार्टी भित्र चलिरहेको गुटलाई आफुले बारा बसाईमा अन्त्य गर्ने बताए ।नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने भएको छ।केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको पूर्वउपसभापति निधिले पत्राकार सम्मेलनमा जानकारी दिए ।बाढीपहिरो र स्थानीय तह उपचुनावका कारण विभिन्न जिल्लामा अभियान समयमै सुरू हुन सकेको थिएन।
ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी अभियानको समयावधि थप गरिएको समेत निधिले बताए।कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर संगठन सुदृढीकरणलगायत काममा खटाएको र सोहि अनुसार आफुलाई बारा जिल्लाको जिम्मेवारी दिएर पार्टीले पठाएको हुनाले अबको बसाई बारा जिल्लामै रहने उनले बताए। नेपालि कांग्रेसको १०० दिने विशेष अभियानका लागि बारामा आएका पार्टीका पूर्व उपसभापति बिमलेन्द्र निधिले देशको समसामायिक बिषयमा कुराकानी गर्नको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको प्रेस युनियन नेपाल बाराका अध्यक्ष श्यामबाबु यादवले बताए ।