अखिलेश यादव ११ माघ सिमरा ः बाराको जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा पाँचौ डुमरवाना टि ट्वान्टि च्याम्पियन्सिप प्रतियोगिता हुने भएको छ । प्रगतिशिल युथ क्लब डुमरवानाको आयोजनामा माघ २६ गतेदेखि फाल्गुन ०३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो ।
प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने क्लबका सचिव बासुदेव नेपालले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख र उप बिजेताले नगद ५० हजार रुपैया प्राप्त गर्नेछन ।प्रतियोगितामा प्रत्येक टिमले २ खेल खेल्ने छ ।पाँचौ डुमरवाना टि ट्वान्टि च्याम्पियन्सिप प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर,कलैया क्रिकेट क्लब कलैया,रौतहट क्रिकेट क्लब गरुडा रौतहट,पर्सा जिल्ला क्रिकेट संघ इस्टर्न क्रिकेट क्लब चितवन र आयोजक प्रगतिशील युवा क्लब गरेर ६ वटा टिमको सहभागिता रहने प्रगतिशील युवा क्लबका अध्यक्ष प्रदीप पोखरेलले बताए ।

प्रतियोगिताको अनुमानित लागत १० लाख रहेको छ भने जीतपुरसिमरा उपमहानगरपालिका वडा न १५ को वडा कार्यालयले २ लाख आर्थिक सहयोग गर्ने क्लबका अध्यक्ष पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । प्रतियोगिताको सहयोगि सस्थामा जितपुरसिमरा उपमाहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछानेले खेल क्षेत्रको विकास गर्न आफु सधै तत्पर रहेको बताए ।

खेल सञ्चालनसंगै खेलाडी उत्पादनमा पनि विशेष ध्यान दिनुपर्ने भन्दै उहाले प्रतियोगिता निरन्तर्ता दिदै जानुपर्ने बताए ।जीतपुरसिमरा उपमहानगर बाट पनि नेपाल क्रिकेट टोलीको टिममा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ् प्रत्येक वर्ष डुमरवाना क्रिकेट कपको आयोजना हुदै आएको बताए ।यो भन्दा पहिला प्रगतिशील टि ट्वान्टि च्याम्पियन्सिपको नामले ४ वटा संस्करण पुरा भएको तर यस वर्ष प्रतियोगिताको नाम परिवर्तन गरेर डुमरवाना टि ट्वान्टि च्याम्पियन्सिप नाम राखिएको क्लबका सचिव बासु नेपालले बताए । क्लबका अध्यक्ष प्रदीप पोखरेले अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बासु नेपालले गर्नुभएको थियो । कार्यक्रममा क्लबका सदस्य दिपक कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।