११ माघ,कलैया ः एक पालिका एक हुलाक अभियान अन्तर्गत बारा जिल्लाको पचरौता नगरपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको छ ।शुक्रबार एक कार्यक्रमको बीच पचरौता नगरपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ ।नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीति अन्तर्गतनै अहिले बाराको बाँकी रहेको पालिकामा हुलाक कार्यालय स्थापना गर्नेमा जिल्ला हुलाक कार्यालय बारा लागेको छ ।शुक्रबार पचरौता नगरपालिकाको नगरप्रमुख जलन्धर सिंहले उद्घाटन गरे संगै पचरौता नगरपालिकामा हुलाक कार्यालय संचालनमा आएको छ ।
हुलाक कार्यालय स्थापना कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय बाराका प्रमुख राजेश डंगोलले बताउनुभयो । उनले जिल्लाका सबै पालिकामा हुलाक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने गरि कार्यालय लागेको बताए ।
सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा समेत सर्वसुलभ रूपमा हुलाकले योगदान पु¥याएको बताउदैं सूचना प्रविधिको विकाससँगै हुलाक सेवाले पनि आफ्नो कामलाई सोही अनुसार अगाडी बढाएको बताए । उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको पहुँच जनतासम्म पु¥याउन कार्यालय लागेको समेत बताए । कार्यालय प्रमुख डंगोलले पालिकामा हुलाक कार्यालयको स्थापनाले विभिन्न कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरूपमा सञ्चालन भइरहेको बताए । उद्घाटन कार्यक्रमा बोल्दै पचरौता नगरपालिकाका वडाध्यक्ष एवं प्रवक्ता लक्ष्मी यादवले कार्यालयमा विभिन्न पत्राचार गर्न, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा हुलाकबाट सहजता आउने बताए ।
हुलाक कार्यालयले अहिले लोककल्याणकारी प्राप्त गरेका पत्रपत्रिकाहरूको भुक्तानीसहित आन्तरिक तथा वैदेशिक पुलिन्दा, बचत बैंक, धनादेश, बिमा, आन्तरिक–वैदेशिक द्रुत डाँक, अनलाइन पोस्ट, मनी ट्रान्सफर, डाँक टिकटलगायत सेवाहरू दिँदै आएको छ । कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्षतथा पालिका प्रवक्ता लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, जिल्ला हुलाक कार्यालय प्रमुख सहित स्थानीयको सहभागिता रहेको थियो ।

