सुर्य नेपाल द्वारा सिमरा अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण 

पछिल्लाे समाचार

१६ माघ।सिमरा : संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले जीतपुरसिमरा नगर अस्पताललाई रु १४ लाख बराबरका एक थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।सुर्य नेपाल सिमराका कम्पनी प्रमुख सुरेश काजी श्रेष्ठले कम्पनीका जीतपुरसिमरा नगर  अस्पतालका प्रमुख प्रकाश साहलाई बुधबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।

हेमोडायलाइसिस मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले जीतपुरसिमराका मृगौलाका बिरामीलाई डायलाइसिस गराउन अन्य जिल्ला जानुपर्ने बाध्यता अब हटेको बताए । जीतपुरसिमरामा डायलासिसको सुविधा नहुँदा बिरामीले बिरगंज ,चितवनको भरतपुर, बुटवल, पोखरा, काठमाडौँ लगायतका सहरमा पुगेर सेवा लिँदै आइरहेका थिए। कतिपय सो ठाउँमा पुगेर सेवा लिन आर्थिक अभावमा नसकेर घरमै रोग पालेर बस्न बाध्य थिए नगरप्रमुख पौडेलले बताए।

 हेमोडायलाइसिस हस्तान्तरण कार्यक्रममा बोल्दै सुर्य नेपालका उधोग प्रमुख सुरेशकाजी श्रेष्ठले पहिला देखि नै जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न अस्पताल तथा विद्यालयमा समाजिक उतरदायित्व अन्तर्गत भवन निर्माण र विभिन्न सामाग्री हस्तान्तरण गर्दै आएको बताए ।यता जीतपुरसिमरा नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश साहले सुर्य नेपालले हस्तान्तरण गरेको हेमोडायलाइसिस मेसिन चैत्र मसान्तसम्म संचालनमा आउने बताए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a