नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाको ६१ औं वार्षिकोत्सब एवं अभिभावक दिवस सम्पन्न

पछिल्लाे समाचार

१६ माघ।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ डुमरवानामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव एवं ६२ औं अभिभावक दिवस समारोह विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । १२ गते देखि सञ्चालन भएको वार्षिकोत्सव समारोह विभिन्न खेलकुद कार्यक्रम सहित बुधबार सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षता एवं जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयले विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । खेलकुद कार्यक्रम सहित सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव समारोह सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक प्रबीन कुमार काफ्लेले जानकारी दिनुभयो । बार्षिकोत्सव समारोह तथा अविभावक दिवसको अवसरमा बिभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।२०२० सालमा स्थापना भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सव समापन समारोह विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अथितिले विद्यालयको सर्वाङ्गीण विकासमा आफ्नो महत्वपूर्ण सहयोग हुने प्रतिवद्धता जनाएका छन् । शैक्षिक गुणस्तर सुधारका लागि विशेष पहल गर्ने वक्ताहरुको भनाइ रहेको थियो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाको ६१ औं वार्षिकोत्सब एवं ६२ औं अभिभावक दिवस कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले शैक्षिक सुधारका लागि पालिकाले धेरै कदमहरु चालेको र शिक्षाका लागि आवश्यक पर्ने बजेट तथा पालिकाबाट गर्न पर्ने सहयोगमा कुनै कमि हुन नदिने जिकिर गर्दै आफ्नो कार्यकालमा सबै विद्यालयले मुहार फेर्ने बताउनुभयो।कार्यक्रममा विद्यालयका प्रबीन कुमार काफ्लेले शैक्षिक गतिविधि तथा आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।कक्षा ११ र कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विद्यालयले छात्रवृत्ति समेत प्रदान गरेको थियो ।कार्यक्रममा बिद्यालयका शिक्षक,शिक्षिका,बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय