होलि गार्डेनलाई स्तब्ध पार्दै लोटसले उचाल्यो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि

पछिल्लाे समाचार

१० माघ,सिमरा : ८ औं लोटस एकेडमीको उपाधि आयोजक लोटस एकेडमीले उचालेको छ ।होलि गार्डेन पथलैयालाई १-० ले स्तब्ध पार्दै आयोजक लोटस एकेडमीले उपाधि उचाल्न सफल भएको हो ।माघ ६ गते बाट सुरु भएको ८ औं संस्करणको लोटस एकेडमी अन्तर विद्यालय फुटबल प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाकै अबल शैक्षिक संस्थाको रुपमा लोटस एकेडमी सिमरालाई चिन्ने गरेको छ ।७ वटा संस्करण सफलता पूर्वक सम्पन्न गरेको लोटस एकेडमीले आठौँ संस्करण समेत भब्य रुपमा सम्पन्न गर्न सफल भएको लोटस एकेडमीका प्रधानध्यापक राम प्रसाद अधिकारीले बताउनुभयो ।८ औं लोटस एकेडमी अन्तर विद्यालय फुटबल प्रतियोगिताको विजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख हरिश भट्टले मेडल शिल्ड र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

७ औं संस्करणको विजेता समेत लोटस एकेडमीनै थियो भने ८ औं संस्करणमा समेत उपाधि उचाल्न सफल भएको लोटस एकेडमी सिमरा परिवारलाई शिक्षा शाखा प्रमुख भट्टले बधाई दिनु भएको थियो ।समापान समारोहमा बोल्दै शिक्षा शाखा प्रमुख भट्टले लोटस एकेडमी सिमराका विद्यार्थीहरु पढाईको साथ् साथै अतिरिक्त क्रियाकलापमा समेत अबल रहेको बताउनु भयो।जीतपुरसिमरा उपमहानगरपालिकाले पनि विद्यालय स्तर बाट खेलाडी उत्पादन गर्ने उदेश्यका साथ् अहिले उपमहानगर भित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप गराउने जिम्मेवारी नै तोकेको समेत उहाँले बताउनु भयो ।

गत वर्षको खेलकुदका बजेट खासै प्रभावकारी नदेखिए पनि यस वर्ष विद्यालय स्तरमा उपमहानगरले अतिरिक्त क्रियाकलापमा लगानी गरेकोले नतिजा पनि राम्रो आउनेमा आफु बिश्वस्त रहेको समेत उहाँले बताउनु भयो ।आयोजक विद्यालय लोटस एकेडमीले शिक्षा शाखा प्रमुख भट्टलाई मायाको चिनो प्रदान गरेको थियो । विजेता टिमले मेडल, शिल्ड प्रमाणपत्र पाएको आयोजक विद्यालय लोटस एकेडमीले जानकारी दिएको छ ।लोटस एकेडमीको प्रधानध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रमको प्रमुख अतिथि उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख हरिश भट्ट रहनुभएको थियो ।उक्त समापन कार्यक्रमा सहभागी विद्यालयका शिक्षक लगाएत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय