अखिलेश कुमार यादव । माघ, कलैया ः एक हप्ता देखि बढ्दै गएको चिसोको कारण बारा जिल्ला लगाएत तराईको जनजीवन प्रभावित बन्दै गएको छ । चिसोले जनजीवन प्रभावित बन्दै गए पछि अहिले बाराको स्थानीय तहहरुले अ–आफ्नो नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरेको छ ।चिसो बढ्दै गएपछि नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर कलैया उपमहानगरपालिकाले बुधवार नगरका विभिन्न ठाउँमा दाउरा वितरण गरेको छ ।चिसो छल्न आगो बाल्नका लागि नगरका विभिन्न चौक–चौराहा तथा अस्पतालहरुमा दाउरा बाल्ने कामको शुरुवात गरिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बताए ।
अत्याधिक चिसो बढ्दै गए पछि चिसो बाट केहि राहत पुगोस भन्ने उदेश्यले कलैया उपमहानगरपालिकाले विभिन्न स्थानमा दाउरा वितरण गरेको कलैया उपमहानगरपालिकाले जनाएको छ ।कलैया उपमहानगरपालिकाको मुख्य चौक भारत,चौक देवकोटा चौक तथा प्रादेशिक अस्पतालमा चिसो छल्नको लागि दाउरा वितरण गरिएको कलैया उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख अनिल पाण्डेले बताए ।शीतलहर र अत्यधिक चिसो बढेपछि बाराको कलैया उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । वातावरण तथा बिपद व्यवस्थापन महाशाखाको संयोजनमा दाउरा वितरण गरिएको हो। चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरुले बढी कष्ट सहनुपरेको छ । केही दिनदेखि बढेको अत्यधिक चिसोले यहॉको जनजीवन कष्टकर बन्दै गएको छ ।