३० गते माघ कलैया ः बाराको सिम्रौनगढ नगरापालिकाको उप प्रमुखले नगरपालिकाको कार्यालयमा ताला लगाएकी हुन् ।बुधवार उपप्रमुख नजमु शेहरले उपप्रमुखलाई अधिकार बिहिन बनाएर नगर प्रमुख आफु एकलौटी रुपमा अगाडी बढ्न खोजेपछि तालाबन्दी गरेको हो । नगरसभा बाट बजेट बांडफाड भएर आफ्नो भागमा परेको बिकास निर्माणको योजनाहरु कार्यान्वयनमा नगर प्रमुख किशोरी प्रसाद कलवारले हस्तक्षेप गरेको र उप प्रमुखलाई अधिकार बिहिन बनाउन खोजेको भन्दै आफुले तालाबन्दी गरेको उपप्रमुख नजमु शेहरले बताईन । आफ्ना योजनाहरुमा नगर प्रमुखले हस्तक्षेप गरेको , नगर प्रमुख एकलौटी रुपमा अगाडी बढ्न खोजेको र उप प्रमुखलाई अधिकार बिहिन बनाउन लागिपरेको उप प्रमुख शेहरको आरोप रहेको छ ।
नगरपालिकामा छुट्याईएको योजनाहरुको कार्यान्वयन गर्नका लागि प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवाललाई कार्यादेश बनाईदिन भन्दा नगर प्रमुखले रोकेको उप प्रमुख शेहरको भनाई रहेको छ । यसरी आफ्ना योजनाहरु माथि नगर प्रमुखले ठाडो हस्तक्षेप गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको उप प्रमुखले बताईन । यता नगरप्रमुख किशोरी प्रसाद कलवारले भने सबै आरोप झुठा रहेको र कार्यादेश रोक्न मैले आदेश नगरेको बताउनु भएको छ ।सिमरौनागढ़ नगरपालिकामा २०७९ को निर्वाचन सम्पन्न देखि नै विवाद हुदैं आएको छ ।
जनप्रतिनिधिहरु बिचको विवादलाइ लिएर नगरपालिकामा पटक पटक तालाबन्दी हुदैं आएको छ । कहिले नगरसभाको विवाद त् कहिले ,कर्मचारीको तलबलाई लिएर विवाद हुदाँ बेलाबेलामा नगरपालिकाको कामकाज प्रभावित हुदै आएको छ । नगरपालिकामा जनप्रतिनिधि बिचको विवादको कारण जनता पनि सेवा लिन बाट बन्चित हुदै आएको छ ।