अखिलेश यादव ।३० गते माघ कलैया ः३० औं जनयुद्ध दिवसको उपलक्ष्यमा कलैयामा खुल्ला अन्तर जिल्ला स्तरीय पुरुष दौड (रोड रेस) प्रतियोगिता सम्पन्न भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाराको आयोजनामा बुधवार कलैयामा दौड प्रतियोगिता सम्पन्न भएको हो। छ किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कोल्हवी १० का रुपेश कुमार माझीले जितेको छ । त्यस्तै रोहण कुमार माझि दृतिय र रोहित कुमार पटेल तृतीय भएको आयोजकले जनाएको छ ।

नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका नगर कमिटि अध्यक्ष मुकेश साहले अन्तर जिल्ला स्तरीय खुल्ला दौड प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको विकासमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको बताउनुभयो।सरकारको व्यवस्थापकीय कमजोरीले शिक्षित युवाले समेत आफ्नो योग्यता र क्षमता अनुसारको काम तथा रोजगारी नपाई विदेशिनुपर्ने बाध्यता रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारीले ) निकै छोटो समयमा प्रतियोगिताको तयारी गरेर सफलता पूर्वक दौड प्रतियोगिता सम्पन्न गरेकोमा धन्यावाद दिनुभयो ।अन्तर जिल्ला स्तरीय दौड प्रतियोगितामा प्रथम भएकालाई १० हजार दृतिय भएकालाई ५ हजार र तृतीय भएकालाई २५ सय नगद सहित प्रमाणपत्र ,शिल्ड मेडल प्रदान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारीका )बारा जिल्ला अध्यक्ष सन्दीप यादवले बताउनुभयो ।

युवा वर्गलाई जीवनोपयोगी शिप र कौशलको बिकाश गरी उनीहरुको जीविकोपार्जन हुन् सकेमा मात्र देशको विकाशमा सहयोग पुग्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारीका )अध्यक्ष सन्दीप यादवले बताउनुभयो ।भरत चौक बाट सुरु भएको दौड प्रतियोगिता कलैयाको कोईरी टोल हुदैं पुनः भरत चौकमा औपचारिक कार्यक्रमको आयोजना गरेर समापन गरिएको थियो ।

खुल्ला पुरुष अन्तर जिल्ला स्तरीय दौड प्रतियोगितामा ४६ जनाले सहभागिता जनाएको थियो ।प्रतियोगिता आयोजना गर्नको लागि सहयोग गरेका सहयोगी हातहरुलाई समेत सम्मान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्दीप यादवले बताउनुभयो ।उक्त दौड प्रतियोगितामा नेकपा माओवादी कन्दरा कलैया उपमहानगर कमिटि उपाध्यक्ष रमेश साह, आविद अन्सारी लगाएतकाले दौड प्रतियोगितामा सहभागी भएकाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।