३० माघ ,कलैया ः बारा जिल्लाको कोल्हवी नगरपालिकाको वडा न ७ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय धोधर्पा कट्टीमा ४ कोठे विद्यालय भवनको शिलान्याश गरिएको छ ।बुधवार एक कार्यक्रको बीच कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ४ कोठे २ तल्ले विद्यालय भवनको शिलान्याश गर्नुभएको छ ।संघ सरकारको ५५ लाख र कोल्हवी नगरपालिकाको ३५ लाखको लागतमा ४ कोठे विद्यालय भवन निर्माण हुन् लागेको विद्यालयका प्रधानाध्यापक जितेन्द्र चौधरीले बताउनुभयो ।
विद्यालय भवनको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले विद्यालयलाई चाहिने अन्य भौतिक पूर्वाधारमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।भवन अभावमा एउटै कक्षाकोठामा धेरै विद्यार्थी राखेर अध्ययन गराउनु परेकाले शैक्षिक गुणस्तर बढ्न नसकेकोले थप कक्षा कोठा निर्माण गर्न लागेको नगरप्रमुख चौधरीले बताउनुभयो । तोकिएका सङ्ख्यामा विद्यार्थीहरू कक्षा कोठामा रहँदा अध्यापन प्रभावकारी हुने उहाँले बताउनुभयो ।
भवनको अभावमा पठनपाठन प्रभावित भइरहेको अवस्थामा विद्यालय भवनको शिलान्यास गरिएको हो ।४ कोठे दुई तले भवनको निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षा कोठाको अभाव नहुने प्रधानाध्यापक जितेन्द्र चौधरीले बताउनुभयो ।कक्षाकोठाको अभावमा पठनपाठनमा समस्या हुदैं आएकोमा भवन निर्माण भए संगै पठनपाठनमा समस्या नहुने कोल्हवी नगरपालिका वडा न ७ का वडाध्यक्ष सलाउदिन अन्सारीले बताउनुभयो ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय धोधर्पा कट्टीमा अहिले १ सय ९८ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।उक्त विद्यालय भवनको शिलान्याश कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद चौधरी, व्यवस्थापन समिति सदस्य जितेन्द्र चौधरी, राजु चौधरी, वडा सदस्य सोनामति देवी चौधरी, धर्मेन्द्र चौधरी लगाएत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।