०१ फाल्गुन , सिमराः लागूऔषध गाँजा र अफिमसहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधवार साँझ जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्जबाट प्रहरीले सात किलो गाँजा र चार किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ डमरपुर का २२ वर्षीय संजय मोक्तान र धादिङ गजुरी गाउँपालिका ३ का २९ वर्षीय सुनबहादुर थिङ रहेका बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ आउँदै गरेको प्र.३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको झोलामा र सिट मुनी लुकाएर राखेको अवस्थामा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।