कर्मचारी मिलन केन्द्र बाराका स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

०१ फाल्गुन ,कलैया ः कर्मचारी मिलन केन्द्र बाराले विभिन्न कार्यालयमा सरुवा भई बारा आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागनु भएको सरकारी कर्मचारीलाई बिदाई गरेको छ । केन्द्रले सशस्त्र प्रहरी बल नेपाल न १२ गण बारा हेडक्वार्टर बारा बाट सरुवा भई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्य कार्यालय बिभाग जान लागेका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह र सशस्त्र प्रहरी बल नेपाल न ४० रिजर्भ गण हेडक्वार्टर पिलुवा बारा बाट सरुवा भई सशस्त्र प्रहरी विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन जान लाग्नु भएको प्रहरी उपरीक्षक मोहन बहादुर बस्नेतलाई बुधवार कर्मचारी मिलन केन्द्र बाराले बिदाई गरेको छ ।

यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा ,सुर्खेत बाट जिल्ला प्रहरी कार्यालय बारामा आउनुभएको प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी र सशस्त्र प्रहरी उपरीक्षक नवराज थापालाई स्वागत गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारि छविरमण भट्टराई र जिल्ला समन्वय समितिका कार्यालय प्रमुख अमोध चौधरीले अबिर तथा खादा लगाएर स्वागत र विदाई गर्नुभयो।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले राज्यको सेवा सुविधा लिएका कर्मचारीले नागरिकको सेवा जिम्मेवारीका साथ निभाउन आग्रह गर्नुभयो । भट्टराईले आफ्नो कार्यक्षेत्रमा सम्झन लायक उदाहरणिय कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । विदाई हुनुभएका सशस्त्र प्रहरी सन्तोष बहादुर सिंह र स्वागत भएका कर्मचारीको तर्फबाट कर्मचारी मिलन केन्द्रले भावना साटासाट गर्न स्वागत विदाई कार्यक्रम राखेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समिति बाराका कार्यालय प्रमुख अमोध चौधरीले बारा जिल्लामा आउनुभएको प्रहरी उपरीक्षक सन्तोष तामाङ्गलाई खादा, अविर सहित स्वागत गर्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय