देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।०१ फाल्गुन ।कलैया : देवताल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत तथा बिदाई गरिएको छ ।कार्यालयमा बुधवार बाट हाजिर हुनुभएका नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय यादवलाई औपचारिक स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत नबिन श्रीवास्तवलाई स–सम्मान सहित बिदाई गरिएको छ । देवताल गाउँपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा रहेर गरेको कार्यहरुको उच्च मुल्याङ्कन गर्दै मायाको चिनो खादा ओढाएर अधिकृत नबिन श्रीवास्तवलाई सम्मान तथा बिदाई गरिएको हो ।

शुभकामना तथा बिदाई कार्यक्रममा बोल्दै स्वागत तथा विदाई कार्यक्रममा शुभकामना दिदै देवताल गाउँपालिकाका अध्यक्ष उदय यादवले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा निकै लामो समय सम्म कार्यरत् रहनु भएको नबिन श्रीवास्तव आएपछि गाउँकार्यपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्बाह गरेको तथा कार्यसम्पादनमा महत्वपूर्ण भुमिका निबार्ह गर्दै पालिकालाई नमुना बनाउन महत्वपूर्ण भुमिका निर्बाह गर्नु भएको उहाँले बताउनुभयो।

निकै ईमान्दार, कर्मठ तथा मिहिनेती प्रशासकिय अधिकृत श्रीवास्तवले आफ्नो कार्यकालमा इमान्दारीपुर्वक र मिहिनेतसाँथ काम गरेको बताउदै वहाँलाई गाउँपालिका र देवताल गाउँवासीको तर्फबाट हार्दिक आभार प्रकट गर्दै पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो क्षमताले भ्याएसम्मको सेवा प्रदान गर्नुभएकोमा धन्यवाद दिदै भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा बिदाई गरिएका प्रमुख प्रशासकीय अधिकृत नबिन श्रीवास्तवले गाउँपालिका बासीको सहयोगको प्रशंसा गर्नुभयो ।सबै गाउँपालिका बासीलाई आफ्नो परिवारको सदस्य मानि काम गर्दा बिशेष गरेर बिपन्न, गरिब परिवार,पछाडी परेका बढी प्राथमिकतामा राखेर काम गरेको उहाँले बताउनुभयो ।

आफु जहाँ गएपनि नागरिकको हितमा काम गर्ने भएकाले सम्पूर्ण जनप्रतिनिधि,राजनीतिक दल,संचारकर्मी,कर्मचारी ,स्थानीय लगाएतको ठूलो सहयोग पाएको उहाँले बताउनुभयो ।सबैलाई सम्मान व्यवहार गर्ने श्रीवास्तवले बिछोडमा भावुक हुदैं गाउँबासीले दिएको माया र ममताको सम्मान गर्दै धन्यवाद दिनुभयो । त्यसतै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय यादवले स्थानीयको सहयोग र समन्वयमा देवताल गाउँपालिकालाई नमुना गाउँपालिका आफु प्रतिबद्ध रहेको बताउनुभयो ।सामाजीक ,आर्थिक र राजनीतिक दृष्टिकोणले यस गाउँपालिकामा कृषि क्षेत्र ,पर्यटकीय क्षेत्र र औधोगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको बिकास र स्तरोन्नतिको लागि आफु सधै लागिपर्ने बताउनुभयो ।स्वागत तथा बिदाई कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष ,कार्यपालिका सदस्य लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a