०१ फाल्गुन,कलैया : जनयुद्ध दिवसको अवसरमा कलैयामा फलफूल वितरण गरिएको छ ।बिहिवार प्रादेशिक अस्पताल कलैयामा ३० औं जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । ३०औं जनयुद्ध दिवसका अवसरमा असक्त र अस्पतालमा उपचारत बिरामीकाे उपचारमा सहयाेग स्वरुप फलफूल वितरण गरिएको परे सेन्टर नेपाल बाराले जनाएको छ ।

माओवादी जनयुद्धको सुरुवात गरिएको ३० औं वर्ष पुगेको अवसरमा पार्टी र भातृ संगठनहरुले देशभर विभिन्न कार्यक्रम मनाइरहेका बेला प्रेस सेन्टर बाराले सामाजिक सेवा गर्ने उदेश्यले प्रादेशिक अस्पताल कलैयामा पुगेर त्यहाँ रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रन्जन यादवले बताउनुभयो ।प्रादेशिक अस्पताल कलैयामा रहेको ८५ जना बिरामीलाई जनयुद्ध दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेश यादवले जानकारी दिनुभयो।

फलफूल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटि अध्यक्ष मुकेश साहले जनयुद्धको बलमा मुलुकमा यो परिबर्तन आएको भन्दै यसलाई संरक्षण गर्न आबश्यक रहेको बताउनुभयो ।फलफूल वितरण कार्यक्रमा बोल्दै प्रादेशी अस्पताल कलैयाका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईले देशको राजनीतिक परिवर्तनमा कुनै बेला सुरु भएको द्धन्द्धले अहिले सार्थकता पाएको र समाज रुपान्तरण र आर्थिक समृद्धि हासिल गर्नेतर्फ अबको नेतृत्वले सोच्नुपर्ने बताउनु भएको थियो।वि.सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएकोले आज आमनागरिकले खुलेर बोल्ने गरेको अध्यक्ष चौगाईले बताउनुभयो ।उक्त फलफूल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटि उपाध्यक्ष रमेश साह,प्रेस युनियनका बारा अध्यक्ष श्यामबाबु यादव , प्रेस सेन्टर नेपाल बाराकी उपाध्यक्ष प्रियंका सराफ, सहसचिव बिशाल सराफ लगाएतको उपस्थिति रहेको थियो ।
