अखिलेश यादव । ०१ फाल्गुन ,सिमरा ः बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा रहेको डुमरवानका बहुमुखी क्याम्पसले १७ औं बार्षिकोत्सव तथा १८ औं स्थापना दिवस मनाएको छ । खेलकुद र रक्तदान,हाजिरी जवाफ प्रतियोगिता लगायत विविध साताब्यापी कार्यक्रम गरी बार्षिकोत्सव मनाएको क्याम्पसले बिहिवार स्थापना दिवस विशेष कार्यक्रम गरेको हो । बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री किसान कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी समेत रहनु भएको प्रतिनिधि सभा सदस्य किसान कुमार श्रेष्ठले जीतपुरसिमरा उपमहानगरपालिकाको गौरवको रुपमा रहेको क्याम्पसले नयाँ वर्षारम्भ गरेकोमा शुभकामना दिनुभयो ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले पढेका मान्छे बेरोजगार हुन नपर्ने गरी शिक्षा नितिमा सुधार औंल्याउनु भयो ।ग्रामीण भेगमा रहेको क्याम्पसका आफ्नै किसिमको समस्या हुने भन्दै त्यसका अलावा, दिनानुदिन विद्यार्थीहरु विदेशिने समस्याले भावी दिनहरुमा चुनौती बढ्ने प्रतिनिधि सभा सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनु पर्ने भन्दै जीवनपयोगी शिक्षा दिन क्याम्पस टिमलाई आग्रह गर्नुभयोदैनिक जीवनमा प्रयोग गर्ने खालको शिक्षाले शिक्षालयको वातावरण, विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने भएकोले आफू पनि क्याम्पससँग सहकार्य गर्न तयार रहेको प्रतिनिधि सभा सदस्य श्रेष्ठले बताउनुभयो । पूर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादवले उच्च शिक्षामा राज्यले विशेष ध्यान पुर्याउनु पर्ने आवश्यक रहेको बताउनुभयो।

देश लाई आवश्यक पर्ने जनशक्ति उच्च शिक्षा वाट नै उत्पादन हुने भन्दै उच्च तहमा प्राविधिक तथा वैज्ञानिक शिक्षामा राज्यले उच्च लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पूर्व प्रतिनिधि सभा सदस्य यादवले त्रिभुवन विश्व विधालय अन्र्तगतका क्याम्पसहरु मुश्लिका वावजुत पनि सञ्चालन गर्नुपर्ने वाध्यता विद्दमान रहेको भन्दै राज्यले अन्य क्षेत्रहरुमा जस्तै शिक्षा क्षेत्रमा पनि लगानी वढाउनुपर्ने वताउनु भयो ।कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति प्राध्यापक दिपक शाक्यले पढेर रोजगार कि स्वरोजगार दिने शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । उहाँले विभिन्न मुलुकका शिक्षाको उदाहरण दिँदै तहाँ दिने ज्ञानले ति देशहरुलाई धनी बनाएको बताउनु भयो ।कार्यक्रमका अवसरका क्याम्पसले उत्कृष्ठ अंक ल्याउने छात्रछात्राहरु, जनप्रनिधिहरुलाई सम्मान र छात्रछात्रालाई छात्रवृती वितरण गरेको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष पलत चौधरीको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीले क्याम्पसका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।क्यापसमा बिभिन्न समयमा सहयोग गरेका दाता स्तम्भको शालिकको समेत अनावरण गरिएको छ ।प्रदेश सभा सदस्य रबिन्द्र श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख भोला प्रसाद अधिकारी ,ठाकुरराम बहुमुखी क्याम्पसका बिरगजंका सहप्रध्यापक विश्वंभर शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक रंजित सापकोटाले गर्नुभएको थियो ।