सिमरामा ग्यास वान नेपालको ८औँ बिक्रेता भेटघाट सम्पन्न, उत्कृष्टलाई जापान भ्रमणको अवसर

पछिल्लाे समाचार

०८ चैत,सिमरा : ग्यास वान नेपाल प्रा.लि. पिलुवाको आयोजनामा ८औँ ग्यास बिक्रेता भेटघाट कार्यक्रम शनिवार सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको छ। देशभरबाट आएका डिलर तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा व्यवसाय विस्तार, सेवा सुधार तथा उपभोक्ता सुरक्षाका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो। कम्पनीका प्रबन्धक सरोजराज ढकालले अर्डर व्यवस्थापन, समयमै डेलिभरी, काठमाडौंमा शाखा विस्तारको योजना तथा ग्यासको गुणस्तर सुनिश्चितताबारे प्रस्तुति दिँदै कम्पनीलाई अझ प्रभावकारी र विश्वसनीय बनाउने लक्ष्यसहित सेवा विस्तारमा जोड दिइएको जानकारी गराए।

त्यसैगरी, ग्यासको सुरक्षित प्रयोग, दुर्घटना न्यूनीकरण तथा सुरक्षित भण्डारणसम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। सहभागी बिक्रेताहरूले आफ्ना अनुभव, समस्या र सुझाव राख्दै सेवा सुधारका लागि महत्वपूर्ण धारणा व्यक्त गरेका थिए।
कम्पनीका प्रबन्ध निर्देशक हिडेकी फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिक्रेता र कम्पनीबीचको सहकार्य अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। उनले बिक्रेताहरूलाई कम्पनीको मुख्य आधार मान्दै गुणस्तरीय सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। साथै, विश्वव्यापी इन्धन संकटका बाबजुद सरकारले निर्धारण गरेको मूल्यमै ग्यास बिक्री वितरण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा उत्कृष्ट प्रदर्शन गर्ने बिक्रेताहरूलाई सम्मान गरिएको थियो।

सबैभन्दा बढी ग्यास बिक्री गर्ने सर्लाही हरिवनका अजय साह (ओम साईकल स्टोर्स) र बयलबासका सरोज मैनाली (निश्चल ट्रेडर्स) लाई ५ दिनको जापान भ्रमणको अवसर प्रदान गरिने घोषणा गरिएको छ। यसैक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने बिक्रेताहरूलाई पनि पुरस्कार वितरण गरिएको छ। सर्वाधिक बिक्रीतर्फ गृह शोभा फर्निचर, सर्लाहीले ६ भरिएको ग्यास सिलिन्डर प्राप्त गरेको छ। उच्च वृद्धितर्फ श्रेष्ठ इन्टरप्राइजेज, निजगढ र एस एण्ड एस खाद्य उद्योग, काठमाडौंले ५–५ सिलिन्डर, माया प्रित ट्रेडर्स, रौतहट र माता पाथीभरा ग्यास पसल, काठमाडौंले ३–३ सिलिन्डर तथा सुवा बैदेही हार्डवेयर पसल, सिराहा र सिमरन ट्रेडर्स, काठमाडौंले २–२ सिलिन्डर पुरस्कारस्वरूप प्राप्त गरेका छन्। कार्यक्रममा कम्पनीका गतिविधि तथा व्यवस्थापनसम्बन्धी जानकारी प्रोजेक्टरमार्फत प्रस्तुत गरिएको थियो। लगातार ८ वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमले बिक्रेता र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउँदै सेवा सुधार र विस्तारमा टेवा पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय