जनयुद्ध दिवसको अवसरमा कलैयामा दिप प्रज्वलन

पछिल्लाे समाचार

०१ फाल्गुन,कलैया : ‘३० औँ जनयुद्ध दिवस २०८१’ को अवसरमा कलैयाको भरत चौकमा बिहिवार साँझ दीप प्रज्वलन गरिएको छ। ०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र)कलैया उपमहानगर कमिटीले जिल्लाका सदरमुकाम कलैयामा दीप प्रज्वलन गर्दै दिवस मनाएको हो। कलैयामा आयोजित दिवसमा दीपावली गर्दै पार्टीकाकेन्द्रीय सदस्यगीता कंडेल नगर कमिटि अध्यक्ष मुकेश साहले सम्बोधन गरेका थिए।केन्द्रीय सदस्य गीता कंडेलले ३० वर्षअघि ४० सुत्रीय माग राख्दै जनयुद्धमा होमिएको माओवादीकै कारण आज देशमा अढाई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताईन।

१७ हजार नेपाली जनताको साहसिक बलिदानबाट देशमा संघीयता प्राप्त भएको र त्यसले ४० सूत्रीयमध्ये अधिकांश माग पुरा गरेको भन्दै बाँकी अधिकार पाउन प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन। दश वर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको उनको भनाई थियो।

कलैया उपमहानगरपालिका नगर कमिटि अध्यक्ष मुकेश साहले आज देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँ गाउँमा सिंहदरबारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको बताए। जनयुद्धकै कारण देशमा संघीयता र गणतन्त्र प्राप्त भएको भन्दै अझै धेरै अधिकार पाउन बाँकी रहेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि लड्न जनयुद्ध दिवसले ऊर्जा थप्ने बताए।जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा सहादत प्राप्त गर्ने शहीदहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको नेकपा माओवादी केन्द्रका कलैया उपमहानगर कमिटि उपाध्यक्ष रमेश साहले जानकारी दिए ।कार्यक्रमको अधिकांश वक्ता हरुले तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कारण आज देशमा गणतन्त्र स्थापना भएको तर जनताले आफ्नो हक अधिकार पूर्णरूपमा नपाएको बताएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a