सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम सम्पन्न

पछिल्लाे समाचार

०३ फाल्गुन,सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम शनिवार सम्पन्न भएको छ । माघ २७ गते देखि जीतपुरसिमरा उपमहानगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाहलमा सुरु भएको तालिम फाल्गुन ०३ गतेसम्म सञ्चालन भएको थियो ।“समृद्ध नेपालका लागि स्वास्थ्य,कर्मठ र उद्यमी युवा“ भन्ने मुल नारा सहित जीतपुरसिमरा उपमहानगरपालिका तथा राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका विभिन्न किसिमका उत्पादन तथा व्यवसाय गर्ने उद्यमी उत्पादन गर्ने उद्देश्यले धेरै तालिमहरू ल्याइएको उहाँले बताउनुभयो । तालिम प्राप्त व्यक्तिले पालिकामा आएर व्यवसाय गर्छु भनेमा उक्त व्यक्तिले व्यवसाय फर्म दर्ता गरेर पालिकाबाट केही रकम अनुदान प्राप्ति गर्न सकिने समेत उपप्रमुख अधिकारीले बताउनुभयो ।सो कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले तालिममा धेरै संख्यामा महिला दिदिबहिनीको सहभागी हुँदा खुसी व्यक्त गर्दै सबैलाई उद्यमी वन्न आग्रह गर्नुभयो ।

उहाँले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।सात दिनको पहिलो सत्र कार्यक्रम उदघाटन,परिचय र अपेक्षा सङ्कलन,दोस्रो दिन व्यवसायिक विचार सृजना दिमागी मन्थन र व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, जनशक्ति व्यवस्थापन, व्यवसायको स्वरूप, कानुनी दायित्व खरिद व्यवस्थापन (कच्चा पदार्थ र शिर्षभार खर्च),लगानीमा प्रतिफल, पार विन्दु र नगद प्रवाह, व्यवसायिक योजना प्रस्तुतीकरण रहेको जीतपुरसिमरा लघु उधम शाखाका लघु उधम सहजकार्ता दीपनारायण रायले बताउनुभयो । हरेक दिनको दोस्रो सत्रमा उद्यम र उद्यमशीलताको परिचय तथा व्यवसायको प्रकार व्यवसायिक विचार कसरी सृजना गर्ने ? साधारण व्यवसाय चक्र,मार आपूर्ति,व्यवसाय शुरुवातका लागि आवश्यक फूल पूँजी र पूँजीको स्रोत व्यवसायिक योजना तयारी,व्यवसायिक कार्ययोजना निर्माण र प्रस्तुतीकरण,व्यवसायिक योजना तयारी,राष्ट्रिय युवा परिषद, वित्तीय संस्थाको प्रस्तुती रहेको लघु उधम सहजकार्ता दीपनारायण रायले बताउनुभयो ।

त्यस्तै गरि हरेक दिनको तेस्रो सत्रमा साधारण व्यवसाय चक्र,व्यवसायको परिचय र व्यवसायको महत्त्व योजना,माग र आपूर्ति,व्यवसाय सुरूवातका लागि आवश्यक कुल पूँजी र पूँजीको स्रोत,व्यावसायिक योजना तयारी, व्यावसायिक कार्ययोजना निर्माण र प्रस्तुतीकरण रहेको थियोे भने चौथो सत्रमा उद्यमीमा हुनुपर्ने सीप र सक्षमता, साधारण व्यवसाय चक्र, व्यवसायको परिचय र व्यवसायको महत्त्व योजना, बिक्री योजना र नाफा ÷नोक्सान,माग र आपूर्ति, व्यवसायको योजना तयारी सम्बन्धी विषयमा राष्ट्रिय युवा परिषदका बालकृष्ण गैरे र सावित्रा अचार्याले प्रशिक्षण दिएका थिए ।तालिममा जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाका ३७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।तालिममा सहभागी भएकाहरुलाई उपप्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले लगाएतका अतिथिहरुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a