प्रेस चौतारी नेपाल बाराको छैठो जिल्ला अधिवेशन सम्पन्न ,अध्यक्षमा सापकोटा निर्वाचित

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।०४ फाल्गुन,कलैया ः प्रेस चौतारी नेपाल बाराको छैठो जिल्ला अधिवेशन सम्पन्न भएको छ । निजगढ स्थित शहीद हिरालाल पार्कमा शनिवार प्रेस चौतारी बाराको छैठो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ।शनिवार सम्पन्न बारा जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट थानेश्वर सापकोटाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो। उपाध्यक्षमा जिउत प्रसाद यादव र निलिशा वर्मा निर्वाचित भएका छन्।सचिवमा श्याम गुप्ता, सहसचिव धिरेन्द्र तिवारी,सहसचिव समावेशी बुधन चौधरी तथा कोषाध्यक्षमा प्रहलाद तिमल्सिना निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा तुलसा घिमिरे,विपिन अधिकारी, मनोज उपाध्याय,मनोज साह,भवानी सुबेदी,प्रवेश चौधरी,रोशन गुप्ता, अनिल प्रित चौधरी,विशाल तिमल्सिना, अजित कोईराला,शुसिला रेग्मी,भोला पौडेल, इन्दिरा चौधरी,आदित्या मिश्र निर्वाचित भएको छ ।

केन्द्रीय परिषद् सदस्यहरूमा गोकुल घोर्साईने, रमेश सुबेदी ,इन्दीप कोईराला र निलिशा वर्मा चुनिनु भएका छ । प्रदेश परिषद् सदस्यमा दिवाकर भण्डारी,राधेश्याम पटेल ,शम्भु प्रसाद महतो र तुलसा घिमिरे निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोल्युट ब्युरो सदस्य एवं पूर्व मन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।अधिवेशन उद्घाटन गर्दै पौडेलले नेपाली सञ्चार क्षेत्रमा आवश्यक कानुन निर्माण तथा सुधारका लागि प्रेस चौतारीले उठाएका मागहरुको एमाले नेतृत्वको सरकारले क्रमशः सम्बोधन गरेको बताउनुभयो।बारा जिल्लाको विकास र निर्माण तथा समृद्ध नेपाल एवं सुखी नेपालीका लागि प्रेस चौतारीले पत्रकारिताको माध्यमबाट खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेको पोल्युट ब्युरो सदस्य एवं पूर्व मन्त्री ज्वाला साहले बाराको सञ्चार क्षेत्रको विकासमा प्रेस चौतारीले विगतदेखि नै आवश्यक भूमिका निर्वाह गरिरहेकाले आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट निरन्तर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।पार्टीको कामकारवाहीको प्रचारप्रसारसँगै जनतामाझ स्थापित गराउन तथा जिल्लाको विकास निर्माणमा प्रेस चौतारीमा आबद्ध पत्रकार साथीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको पूर्वमन्त्री साहले बताउनुभयो ।प्रेस चौतारी बारा शाखाको अध्यक्ष दिवाकार भण्डारीको अध्यक्षतामा सुरु भएको अधिवेशनमा प्रेस चौतारीमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a