जनयुद्ध दिवसको अवसरमा कलैयामा बुद्धि चाल प्रतियोगिता सम्पन्न

पछिल्लाे समाचार

महेन्द्र सहनी।०४ फाल्गुन ः ३० औं जनयुद्ध दिवसको अवसरमा बाराको सदरमुकाम कलैयामा बुद्धि चाल प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार कलैया स्थित बारा उधोग बाणिज्य संघको सभाहलमा अखिल नेपाल खेलकुद महासंघ कलैया उपमहानगर कमिटिको आयोजनामा बुद्धि चाल प्रतियोगिता सम्पन्न भएको छ ।अखिल नेपाल खेलकुद महासंघ कलैया उपमहानगर कमिटि अध्यक्ष रियाजुल इस्लामको अध्यक्षतामा सम्पन्न भएको बुद्धि चाल प्रतियोगितामा नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटि अध्यक्ष मुकेश साहको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।


बुद्धि चाल प्रतियोगितामा नारायण चौधरी प्रथम,प्रमोद चौधरी दृतिय र सन्दिप चौधरी तृतीय भएको आयोजकले जनाएको छ ।प्रथम ,दृतिय र तृतीय भएका खेलाडीलाई प्रमुख अतिथि लगाएतका अतिथिहरुले शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।बुद्धि चाल प्रतियोगिता कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटि अध्यक्ष मुकेश साहले बुद्धिचाल खेलले विद्यार्थीको बौद्धिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पु¥याउन समितिले विविध अतिरिक्त क्रियाकलापहरुमा मात्र सीमित नगरी सामाजिक भावनाको विकास गर्ने माध्यमको रूपमा लिनुपर्ने बताउनुभयो ।बुद्धि चाल प्रतियोगितामा १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।उक्त प्रतियोगितामा लोकतान्त्रिक मुस्लिम संघ केन्द्रिय अध्यक्ष डा.कमरुला अन्सारी, बारा उधोग बाणिज्य संघका महासचिव राम आशिष साह,पत्रकार रमेश साह लगाएतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a