जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ को वडा कार्यालय भवनको शिलान्याश

पछिल्लाे समाचार

०४ फाल्गुन,सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडामा लिएको भवन बाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष कैमुदीन अन्सारीले जानकारी दिनुभयो ।आइतबार मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

वडाको ५३ लाख बजेटमा भवनको शिलान्यास गरिएको वडाध्यक्ष अन्सारीले बताउनुभयो ।बदरूल होदा अंसारीले आफ्नो निजि जग्गा वडा कार्यालयको भवन निर्माणको लागि दान दिनुभएको छ । वडाले आफ्नै भवन बाट सेवा प्रवाह गर्दा वडाबासीलाई सहज हुने मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले बिश्वाश व्यक्त गर्नुभयो ।पूर्वाधार निर्माणमा जनताको चासो र सहभागिता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको उपप्रमुख भोला प्रसाद अधिकारीले बताउनुभयो । नगरमा पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको बताउँदै अधिकारीले जनताको मागका आधारमा योजना बनाएर नगरपालिका अघि बढिरहेको बताउनुभयो ।

भवनको शिलान्यास गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै उपमहानगरका प्राविधिकहरूलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन समेत दिनुभयो। वडाध्यक्ष कैमुदीन अन्सारीले भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडा कार्यालयबाट सेवा प्रवाह गर्न कठिनाइ भइरहेको बताउँदै वडा कार्यालयको आफ्नै भवन निर्माणपछि सेवा प्रवाह सुलभ र सहज हुने बताउनुभयो । चालू आर्थिक वर्षभित्र कार्यालय भवन निर्माण हुने उहाँले बताउनुभयो । शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष माया वि.क, जग्गा दाता, वडा नम्बर ६ का वडा सदस्यहरू लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a