श्री ३ चन्द्र माध्यमिक विद्यालयमा लागुऔषध र ट्राफिक नियम बारे सचेतना कार्यक्रम

पछिल्लाे समाचार

अखिलेश यादव ०९ फाल्गुन,कलैया ।बाराको कलैया उपमहानगरपालिका –०१ स्थित रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना दिइएको छ ।शुक्रबार श्री ३ चन्द्र माध्यमिक विद्यालयमा कक्षा–९,१० र ११,१२ मा अध्यानरत विद्यार्थीलाई सचेतना दिइएको हो । विद्यार्थीलाई लागुऔषध दुव्र्यसन के हो ? यसबाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ ? दुव्र्यसनमा परिसकेपछिको अवस्था कस्तो हुन्छ ? ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक लगायतका विषयमा विद्यार्थीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङ्ग र प्रहरी सहायक निरीक्षक राजकिशोर प्रसादले प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक प्रहरी शाखाको कार्यरत प्रहरी सहायक निरीक्षक राजकिशोर पटेल विद्यार्थीहरुलाई सडक दुर्घटना तथा ट्राफिक नियमकाबारेमा सचेतना प्रदान गर्नुभएको थियो ।दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्ने र विद्यार्थीका माध्यमबाट समाजलाई सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा ९.१०,११,१२ का दुई सय जना छात्रछात्राको सहभागिता रहेको थियो ।बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले युवा अवस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीमा लागुऔषध दुव्यसनीले मानवस्वास्थ्यमा पार्ने असरका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले लागुऔषध र दुब्यसनीका बारेमा विद्यार्थी आफै सचेत भएर समुदायलाई पनि सचेत पार्नु पर्ने बताउनुभयो । सो अवसरमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषधबाट हुने नकारात्मक असरहरूको बारेमा जानकारी दिँदै लागूऔषध दुव्र्यसनीबाट व्यक्तिगत जीवन मात्रै नभई पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा समेत ठुलो असर पर्ने बताउनुभयो । उक्त अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रममा श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरि समेतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय